रूसमा माक्र्सवाद—लेनिनको प्रारम्भीक जीवनी

रूसमा माक्र्सवाद—लेनिनको प्रारम्भीक जीवनी

रसिया त्यस्तो देशहरूमध्ये एउटा देश थियो, जहाँ माक्र्सवाद र माक्र्सवादी साहित्य धेरै पहिले सुरूमे फैलिएको थियो । वास्तवमा माक्र्सको सैद्धान्तीक कार्य ‘क्यापिटल ’अथवा ‘दास कयापिटल’को पहिलो अनुवाद रसियन भाषामा भएको थियो । १८७२मा प्रकाशित एउटा संश्करण (मुल जर्मन संश्करणको केबल ५ वर्षपछि), जो एउटा प्रशिद्ध जर्नलमा प्रकाशित गरिएको थियो, त्यसले त्यहाँ राम्रो बजार पाएको थियो र अनगिन्ति सकारात्मक पुनरावलोकन सहितले सफल भएको थियो । यसको प्रभाव यति ठूलो भयो कि १८७३–७४ आउदा नआउदै ‘पुँजी’बाट सन्दर्भहरू रसियाका ठूलठूला शहरहरूमा क्रान्तिकारी विद्यार्थीका आन्दोलनहरूका प्रचारमा देखिन सूरू भइसकेका थिए । माक्र्सवादी कामका रसियन भाषाका अन्य अनुवादहरूलाई पनि रसियन क्रान्तिकारीहरूद्धारा निकै पहिले देखिनै माक्र्सवादप्रतिको आकषर््ाण बढाएको थियो । यस्ता क्रान्तिकारी मध्ये एक जना भेरा जासुलिक नाम गरेक महिला क्रान्तिकारी थिइन् जो सेन्ट पिटस्वर्गको गभर्नरको हत्या गर्ने उनको प्रयासका लागि प्रशिद्ध थिइन् । उनले १८८१मा माक्र्ससित पत्राचार गर्न सुरू गरेकी थिइन,् जसलाई उनले माक्र्सको मृत्युपछि पनि निरन्तरता दिइ रहिन । १८८३मा उनी पहिलो रसियन माक्र्सवादी संगठन–जर्ज प्लेखानोवद्धारा नेतृत्व गरिएका लेबर समूहको मुक्तिको हिस्सा बनिन । प्लेखानोवले १८८९मा भएको दोस्रो अन्तराष्ट्रियको कांग्रेसमा भाग लिएका थिए र त्यसपछि उनले पहिलो पटक एङ्गेल्ससित भेट गरेका थिए । यो वैठक पछि प्लेखानोवले एङ्गेल्सबाट मार्गनिर्देशन लिने र नजिकको सम्वन्ध कायम राख्ने कामलाई निरन्तरता दिएका थिए ।
रसियामा माक्र्सवादको स्थापना गर्ने काममा प्लेखानोवको प्रमुख भूमिका रहेको छ । उनले माक्र्स र एङगेल्सका घेरै कामहरूलाई अनुवाद गरेका थिए र लोकपृय बनाएका थिए । अराजकतावादी, नरोदनिकहरूका किसान समाजवादी विचारहरूसित लडाई गर्दा उनले पनि माक्र्सवादका सैद्धान्तिक योगदानहरू गरेका थिए । रसिया त्यो समयमा जारको निरंकुश शासनमूनी थिया, जसका विरूद्ध त्यहाँका घेरै क्रान्तिकारीहरू र क्रान्तिकारी समूहहरूले उनीहरूका कृयाकलापहरू सुरू गरेका थिए । ती समूहहरूमध्ये घेरैको अराजकतावादीहरू र आतंकवादीहरूप्रति झुकाव राख्ने गर्दथे । प्लेखानोव र लेवर समूहको मुक्तिले माक्र्सवादप्रति एउटा ठूलो पक्षलाई बदलावमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो । लेनिन, जसले पछिल्लो चरणमा यो समूहसित हातेमालो गर्नु भएको थियो, यद्धपि, उहाँ नै एउटा यस्ता उच्स्तरको व्यक्तित्व थियो, जसले माक्र्सवाद र सर्वहारा आन्दोलनलाई अगाडि बढाएर लग्यो ।
लेनिन भलादिमिर इलिच उल्यानोवको पार्टी नाम थियो, जो सिम्ब्रीष्क प्रान्तको राजधानी सिम्ब्रीष्क शहरमा २२ अप्रिल १८७०मा जन्मनु भएको थियो । यो शहर रसियाको सबैभन्दा ठूलो नदी भोल्गामा अवस्थित थियो । यद्धपि यो प्रदेशको राजधानी थियो ता पनि लेनिनको जवानीमा यसको सञ्चार बाहिरी दुनीयाँमा सिमित थियो । त्याहाँ रेलवे थिएन् र भोल्गाको तल र माथि गर्ने एउटा स्टिमर मात्रै यातायातको प्रमुख माध्यम थियो । यो तै पनि लामो जाडोको महिनाहरूमा बन्द हुन्थ्यो जब नदी जमेर हिंउ बन्दथ्यो र यातातयातका साधनका रुपमा घोडाको पिठ्यु बनाइन्थ्यो ।
लेनिनका बुवा एउटा राम्रो शिक्षित पढेलेखेका मानिस हुनुहुन्थ्यो जसले कठिन परिश्रम गरेर गरीब किसानको स्तरबाट शिक्षक, स्कूलहरूका निरिक्षक र अन्त्यमा सिम्ब्रीष्क प्रान्तका प्राथमिक स्कूलका डाइरेक्टर समेत बन्न सक्नु भएको थियो । १८७४मा उहाँलाई नागरिक परिषदको उच्च पद पनि दिइएको थियो । उहाँको मृत्यु १८८६मा भयो । लेनिनको आमा एकजना ग्रामिण डक्टरकी छोरी हुनुहुन्थ्यो । यद्धपि उहाँ स्कुल जानु भएन । उहाँ घरमै शिक्षा प्राप्त गर्नु भएको थियो र घेरै विदेशी भाषाहरू समेत सिक्नु भएको थियो, जसलाई उहाँले पछि उहाँका बच्चालाई सिकाउनु भयो । उहाँको मृत्यु १९१६मा भयो । उहाँहरुका आठ जना छोराछोरी थिए जसमध्ये २ जना बच्चा मरेका थिए र एक जना उनको कच्चा उमेरमा मरेकी थिइन् । लेनिन चौथो वच्चा हुनुहुथ्यो । सबै उहाँका भाइहरू र बहिनीहरू क्रान्तिकारीहरू भएर बढेका थिए ।
लेनिन यद्धपि उहाँका जेठा दाजु एलेकजेण्डरद्धारा ज्यादै प्रभावित हुनुहुन्थ्यो । एलेकजेण्डर एउटा चलाख विद्यार्थी थिए र सेण्ट पिटस्वर्गको विश्वविद्यालयका स्वर्णपदकधारी थिए । सेण्ट पिटस्वर्ग त्यसवेला रूसको राजधानी थियो । उनी सेण्ट पिटस्वर्गमा क्रान्तिकारी युवाको गुप्त क्रान्तिकारी अध्ययन सर्कलहरूका एकजना सदस्य थिए र कामदारहरूका बीचमा राजनीतिक प्रचारप्रसार सञ्चालन गर्दथे । उनी वैचारिक रूपमा नरोद्निकहरू र माक्र्सवादीका बीचमा खडा थिए । १८८७मा एलेकजेण्डर उनको दिदी अन्ना र अन्य कमरेडहरूलाई जारको हत्यागर्ने कोशिस गरेको भनेर गिरफ्तार गरिए । अन्नालाई पछि जेल मुक्त गरियो र सेण्ट पिटस्वर्गबाट बन्देज गरियो । एलेकजेण्डर यद्धपि जो त्यो समूहका नेता थिए, उनका अन्य चारजना साथीसहितलाई १८८७ मार्च ८का दिन झुण्डाएर फाँसि दिइयो । लेनिनको त्यसवेलामा केबल १७वर्षीय उमेर थियो । उहाँका दाजुको मृत्युमा त्यसको बदलालिने कसम खानु भएको थियो ।
लेनिन उहाँको जवानीका वर्षदेखि नै एउटा मोडल विद्यार्थी हुनुहुन्थ्यो जो सित अध्यनको एउटा राम्रो योजनावद्ध तरिका थियो । अन्य विद्यार्थीहरूले झै उहाँले अन्तिम समयमा उहाँका गृह कार्यहरू तयार पार्ने कहिल्यै गर्नु भएन । त्यसको बदला उहाँले उहाँको अन्तिम मसौदा तयार पार्नुभन्दा पहिले नै उहाँले सुरू आउटलाइन र मसौदा तयार पार्नु हुन्थ्यो, निरन्तर नोटहरू तयार पार्नु हुन्थ्यो, आवश्यक थपथापहरू परिवर्तनहरू गर्नु हुन्थ्यो । उहाँले हरेक अध्यनलाई एकदमै केन्द्रीकरणको उच्चताका साथ गर्नु हुन्थ्यो र जसले उहाँलाई उहाँको अध्ययनमा डिस्टर्व गर्दथ्यो उनीसित कुरा पनि गर्नु हुँदैनन्थ्यो । उहाँ उहाँका जेठा दाजुप्रति एउटा ठूला प्रशंसक हुनुहुन्थ्यो र एउटा जवानी उमेरमा नै उहाँले गरेका हरेक चीजमा एलेक्जेण्डरको नक्कल गर्ने कोशिस गर्नु हुन्थ्यो । उहाँका दाजुलाई झुण्डाइएको एक महिनापछि, लेनिनले, व्यापक तनाव र दुखको वावजुद,उहाँको स्कूलको परिक्षाका लागि बस्नु पर्ने थियो । उहाँले स्कुलको सबैभन्दा राम्रो विद्यार्थीका रूपमा एउटा स्वर्ण पदक पाउनु भएको थियो ।
स्वर्णपदक पाएर पनि लेनिनले सेण्ट पिट्सवर्ग विश्वविद्यालयमा नत भर्ना पाउनु भयो न मस्को विश्वविद्यालयमा किनभने उहाँ एकजना प्रख्यात क्रान्तिकारीका भाई हुनुहुन्थ्यो । उहाँले अन्त्यमा कजानको सानो विश्वविद्यालयमा भर्ना पाउनु भयो । उहाँ तै पनि तीन महिनापछि विश्वविद्यालयहरूको स्वयत्तता र विद्यार्थीहरूको स्वतन्त्रतालाई सिमितगर्ने गरि ल्याइएको नयाँ नियमहरूका विरूद्ध एउटा प्रदर्शनमा भाग लिएको हुनाले कजानको शहरबाट निष्काशित गराइनु भयो । प्रहरी अधिकारी जसले उहाँलाई गिरफ्तार गरेर शहरमा लैजादै थियो, उसले जवान लेनिनलाई सम्झाउने कोशिस गर्दै भनेको थियो कि तिमी पर्खालसित टाउको ठोक्दै छौ । लेनिनले त्यसको जवाफमा भन्नु भएको थियो कि पर्खाल एउटा कुहिएको थियो, जो एक लातमा गल्र्यामगुर्लुम ढल्दथ्यो । दोस्रो वर्ष १८८८मा लेनिनलाई कजानमा फर्कन अनुमति दिइयो तर उहाँलाई विश्वविद्यालयमा पुन: भर्ना दिइएन् । यहि शहर थियो जहाँ उहाँले गोप्य माक्र्सवादी अध्ययन सर्कलहरूमध्ये एउटामा उपस्थित हुन सुरू गर्नु भएको थियो ।
यो अवधिमा र पछि जब उहाँको परिवार समाराको अर्को प्रान्त बसाई सरयो, लेनिनले उहाँको समयको ठूलो हिस्सा पढने र अध्ययन गर्नेमा विताउनु भयो । रसियन क्रान्तिकारीहरूका कामहरू पढनुको साथै, लेनिन, १८ वर्षको उमेरमा, माक्र्स र प्लेखानोबका धेरै किताबहरू पढन सुरू गर्नु भयो । उहाँले माक्र्सवाद सम्वन्धी उहाँको ज्ञानलाई प्रतिपादन गर्न सुरू गर्नु भयो, प्रथम उहाँकी बहिनी अन्नालाई र अनि उहाँका साथीहरूका स—साना छलफल समूहहरूलाई संगठित गर्दै । उहाँले पौडी खेल्ने, स्केटिंग गर्ने, पाहाड चढने र सिकार खेल्ने पनि कलास लिए ।
सोही समयमा उहाँकी आमाले उहाँलाई विश्वविद्यालयमा पुन: भर्नाका लागि वारम्वार कोशिस गर्नु भयो । उहाँलाई तै पनि कजानमा फेरी पनि इन्कार गरियो । उहाँलाई विदेशमा गएर पढनका लागि एउटा राहादानी दिन पनि इन्कार गरियो । घेरै निवेदनहरूपछि, लेनिनलाई १८९०को अन्त्यमा एउटा वाह्य कानुन विद्यार्थीको रूपमा सेन्ट पिटस्वर्ग विश्वविद्यालयमा भर्नाका लागि स्विकार गरियो । उहाँ लैक्चर कलास उपस्थित हुने अनुमति नभइकनै परीक्षाका लागि सिधै बस्न सक्नु हुन्थ्यो । लेनिनले उहाँका पहिलेका कजानका साथी विद्यार्थीसितै उही समयमा नै उहाँको कोर्ष सिध्याउने निस्चित गर्नु भएको थियो । उहाँले त्यसकारण स्व—अध्यनमा लागेर र चारवर्से कोर्सलाई एक वर्षभित्रैमा पुरा गरेर देखाइ दिनु भयो । १८९१मा लिइएको परीक्षामा उहाँले सबै विषयहरूमा उच्चतम अंक प्राप्त गर्नु भएको थियो र उहाँलाई एउटा प्रथम स्थानको डिग्री दिइयो । जनवरी १८९२मा उहाँलाई कानुनवेत्ताका रूपमा स्विकार गरियो र उहाँले सामारा क्षेत्रीय अदालतमा प्राक्टीस सुरू गर्नु भयो ।
लेनिन यद्धपि उहाँको कानुन प्राक्टीसमा एकदमै कम इच्छा थियोे । सेन्ट पिसवर्गमा उहाँको परिक्षा दिंदै गर्दा उहाँले त्यहाँ माक्र्सवादी सम्पर्कहरू विकास गर्नु भएको थियो र माक्र्सवादी साहित्य प्राप्त गर्नु भएको थियो । सामारामा लेनिनले मजदुरहरू र अरूहरूका गैर कानुनी अध्ययन सर्कलहरूमा लेक्चरहरू दिनका लागि उहाँको समयको ठूलो हिस्सा खर्च गर्नु भएको थियो । सामाराको पहिलो माक्र्सवादी अध्ययन सर्कल पनि उहाँले नै गठन गर्नु भएको थियो । सामारा नरोदनिकको एउटा केन्द्र थियो र लेनिनले उहाँको शक्ति र क्षेमता त्यो समयको नरोदनिक विचारसितको लडाइमा केन्द्रीत गर्नु भएको थियो जो उदारवादतर्फ गतिशील भएको थियो । उहाँले, त्यही समयमा, १८७०का बहादुर, स्वार्थहिन, नरोदनिक क्रान्तिकारीहरूका लागि उहाँमा महान् आदर थियो जसमध्ये धेरै जना राजनीतिबाट रिटाएर पछि सामारामा वस्दै थिए । लेनिन सधैभरी उनीहरूबाट उनीहरूका क्रान्तिकारी कामहरू, उनीहरूका गोप्यता सम्वन्धी तरिकाहरू र सोधपुछ र मुद्दाहरूका दौरान क्रान्तिकारीहरूका व्यवहारवारे सिक्न उत्सुक थिए । यो सामारा नै थियो जहाँबाट लेनिनले उहाँको पहिलो लेखहरू लेख्न सुरू गर्नु भयो , जसलाई अध्ययन सर्कलहरूबीचमा वितरण गरिएका थिए । उहाँले रसियन भाषामा कम्युनिस्ट घोषणापत्र पनि अनुवाद गर्नु भएको थियो । लेनिनका कार्यहरू र प्रभाव भोल्गा क्षेत्रका सामारा वाहेक अरू प्रान्तहरूमा फैलिन सुरू गर्‍यो ।
सुस्पष्ट विचारहरूको विकास पछि लेनिनले अनि उहाँका क्रान्तिकारी कामका क्षेत्रलाई व्यापक गराउन चाहानु हुन्थ्यो । यो लक्ष्यका साथ अगस्त १८९३मा उहाँ सेन्ट पिटसवर्गका लागि वसाई सर्नु भयो जो अत्यधिक सर्वहारा रहेको एउटा प्रमुख औधोगिक शहर थियो । एउटा कभरका रूपमा उहाँले सेन्ट पिटसवर्गको एउटा सिनियर वेरिष्टरका लागि एउटा एसिष्टेन्ट कानुन वेत्ताका रूपमा काम लिनु भयो । उहाँले यद्धपि धेरै कम कानुनी काम गनु भयो र पूर्ण रूपमा क्रान्तिकारी कृयाकलापहरूमा केन्द्रीत गर्नु भयो । लेनिन तुरून्तै सेन्टपिटसवर्गका अनगिन्ति गोप्य अध्ययन केन्द्रहरूलाई नयाँ जीवन ल्याइदिने एउटा नेतृत्वदायी व्यक्तिका रूपमा अगाडि आउनु भयो । उहाँले मस्को सर्कलहरूलाई पनि प्रभावित पार्नु भयो । सर्कलहरूमा लेक्चरहरूको अलवा, उनी कामदारहरूको जीवनबारे विस्तृत रूपले सिक्नमा सधैभरी उत्सुक थिए । सर्कलहरूमा उनले क्रान्तिकारीहरूको एउटा ठूलो हिस्सालाई स—साना सर्कलहरूमा गरिने छानिएका प्रचारप्रसार (त्यसवेलाका प्रोपोगन्डा जसलाई अहिले हामीले हाम्रो राजनीतिक शिक्षा कक्षाहरूका रूपमा बुझने गरेझै) लाई मजदुरहरूका व्यापक मासकाबीचमा गरिने मास विद्रोहको आवश्यकता बारे सम्झाउन सकियोस ।
यो त्यही अवधि थियो जुन बेलामा उहाँको भेट उहाँकी भावी श्रीमति क्रुप्सकाया, जो माक्र्सवादसित पहिले नै सम्पर्कमा आइसक्नु भएको थियो, भेट भयो र जसले मजदुरहरूका लागि एउटा रात्री स्कुलमा तलब विना पढाइरहनु भएको थियो । उहाँका धेरै मजदुर विद्यार्थीहरू लेनिनले सञ्चालन गरेको एउटा सामूहिक अध्ययन सर्कलमा भाग थिए । लेनिनले आफै पनि उहाँबाट उहाँको सेन्ट पिटसवर्गका मजदुरहरूको जीवनहरू र कामको अवस्थाबारेको गहिरो ज्ञानबाट सिक्न सधैभरी इच्छुक थियो । जब लेनिन विरामी हुनु भयो क्रुप्सकायाले उहाँलाई भेटने गई रहनु हुन्थ्यो र उनीहरूबीचको मित्रता क्रमस:एउटा प्यारमा झागीदै गयो ।
सोही समयमा लेनिनले रसियाका जति सक्यो धेरै शहरहरूमा उहाँको सम्पर्कलाई विस्तार गर्ने कामलाई निरन्तरता दिनु भयो । फरवरी १८९५मा विभिन्न प्रमुख शहरहरूमा रहेका समूहहरूको एउटा बैठकले लेनिन र मस्कोबाट अर्को प्रतिनिधिलाई बाहिर पठाएर लेवर समूहको मुक्ति सित सम्पर्क बढाउनका लागि पठाउने निर्णय गरे । लेनिनको पहिलो युरोपको भ्रमण जुन १८९५को अप्रिलदेखि सेप्टेम्वरसम्म भएको थियो । उहाँले यो अवधिभरी लेवर समूहको मुक्तिका नेत प्लेखानोव र अक्जेलरोडलाई भेटनु भयो र जर्मन र फ्रेन्च कामदार वर्गका संगठनहरूका अन्य नेताहरूलाई भेटनु भयो । उहाँको एङगेल्ससित भेट गर्ने गहिरो इच्छा थियो तर सो हुन सकेन किनभने एङगेल्स त्यसवेलामा उहाँको मृत्यु सैयामा हुनुहुन्थ्यो ।
उहाँको रसिया फर्काइपछि उहाँले सेण्ट पिटसवर्गका सवै माक्र्सवादी सर्कलहरूलाई एउटै राजनीतिक संगठन जसलाई लेवर समूहको मुक्तिका लागि संघर्षको लिग भनिन्थ्यो, मा एकतावद्ध भयो । द लिगले तुरून्तै विरोध शहरका ठूला कारखानाहरूमा हडताललाई संगठित गर्न सुरू गर्‍यो । यसले कामदारहरूको एउटा गैर कानुनी पत्रिका प्रकाशित गर्ने योजना बनायो । गुप्त पुलिस जसले लेनिनमाथि निगरानी राखीरहेका थिए अन्त्यमा एकजना सुचनादाताको मद्तले प्रमाणसहित उहाँलाई गिरफ्तार गर्न सफल भयो । उहाँलाई डिसेम्वर १८९५मा अवैधानिक पत्रिकाको पहिलो अंकको हस्तलिखित सहित पक्डीयो र जेलमा पठाइयो ।
जेलबाट समेत लेनिनले बाहिर रहेका उहाँका कमरेडहरूसित नजिकको सम्पर्कलाई व्यवस्थित गर्नु भयो । उहाँको आमा र बहिनी अन्नाले कैयौ किताबहरू ल्याए र किताबमा उहाँले कोड भाषामार्फत जसलाई उहाँले उहाँकी बहिनीलाई सिकाउनु भएको थियो, चिठीहरू पठाउनु भयो । उहाँले दुधमा लेखिएका चिठीहरू पनि पठाउनु भयो, जसले नदेखिने मसिको रूपमा काम गर्दथ्यो जुन पछि त्यसलाई तताएर पढदा देख्न सकिने हुन्थ्यो । उहाँले कालो रोटीलाई मसिदानीका रूपमा प्रयोग गर्नु हुनथ्यो, ताकि यदि कुनै जेल सुरक्षा आर्मी नजिकमा आयो र देख्यो भने त्यसलाई उनले छिटछिटो निल्न सक्दथे । यसरी जेलबाट लेनिनले पम्पलेटहरू र प्रत्यक्ष हडतालहरूको आव्हानमा लेख लेख्न सक्नु हुन्थ्यो ।
जुन १८९६का दौरान जुनवेला रसियाभरी एउटा ज्वार थियो । उहाँ लिगका वास्तविक नेताका रूपमा प्रख्याती कमाउदै जानु भयो । सोही समयमा उहाँले विहानदेखि रातीसम्म गहिरो अध्ययन गरिरहदा उहाँको पहिलो सैद्धान्तिक कार्य–रुसी पुँजीवादको विकासको गहन अध्ययन र अनुसन्धान गर्न सुरू गर्नु भयो । लेनिनले सुत्न जानुभन्दा अगाडि दैनिक नियमित अभ्यास गरेर शरीरलाई तन्दुरस्ती राख्ने गनु हुन्थ्यो ।
एकवर्षभन्दा अलि बढता जेलको बसाईपछि लेनिनलाई कैद मुक्त गरियो तर त्यसको लगत्तै उहाँलाई तीनवर्षका लागि साइबेरियामा निर्वासनमा पठाइयो जहाँ उहाँ १८९७ मेमा पुग्नु भयो । क्रुप्सकायालाई पनि त्यही समयमा गिरफ्तार गरियो । लेनिनले साइवेरियाबाट उहाँलाई विवाहको प्रस्ताव राख्नु भयो । उहाँले सामान्यरूपले उत्तर दिनु भएको थियो –“ यदि म एउटी श्रीमति हुने हो भने, यसलाई अहिलेकै अवस्था नै ठिक छ”। उहाँलाई साइवेरियामा लेनिनसित वस्ने अनुमति दिइयो जहाँ १८९८ मेमा उहाँ पुग्नु भयो । लेनिनले साइवेरियामा उहाँका वसाइका दौरानमा प्रशस्त समय सैद्धान्तिक काममा विताउनु भयो । क्रुप्सकायासित मिलेर उहाँको सहयोगमा उहाँले एउटा अंग्रेजी किताब–रसियामा औधोगिक प्रजातन्त्रको अनुवाद गर्नु भयो । उहाँले उहाँको कार्य रसियामा पुँजीवादको विकासमाथिको लेखाई पुरा गर्नु भयो, जुन वैधानिक रूपमा १८९९मा प्रकाशित गरियो । उहाँले अघिल्लो खण्डमा बर्णन गरिएको बर्नस्टीन संशोधनवादलाई लिएर गरिएको एउटा अवसरवादी प्रवृतिमा आधारित अर्थशास्त्रीहरूका विरूद्ध उहाँको संघर्षलाई पनि सुरू गर्नु भयो । उहाँले रसियन क्रान्तिका तत्कालिन कार्यहरू र कार्यक्रमहरू के हुनु पर्दछ भन्नेबारे लगातार लेख्नु भयो । जब उहाँ १९००को सुरूमा निर्वासनबाट बाहिर आउनु भयो । उहाँले ती कामहरूमाथि काम गर्न सुरू गर्नु भयो ।
यस्तै महान त्याग र बलिदानव्दारा लेनिनले विश्वमा पहिरो पटक महान सर्वहारा क्रान्तिको सफलताका साथ नेतृत्व गर्दै जानु भयो र लेनिवादको विकास गर्नु भयो, जसलाई अहिले माक्र्सवाद—लेनिनवाद भन्ने गरिन्छ छ ।