सिटी र इन्टर सेमिफाइनलतर्फ अग्रसर

सिटी र इन्टर सेमिफाइनलतर्फ अग्रसर

चैत्र २९, २०७९

पेरिस — म्यानचेस्टर सिटी र इन्टर मिलानले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार क्वार्टरफाइनल पहिलो लेगमा प्रभावशाली जित निकालेका छन् । यो जितपछि उनीहरू सेमिफाइनलतर्फ अग्रसर देखिएका हुन् ।

सिटीले एतिहाडमा भएको पहिलो लेगको क्वार्टरफाइनलमा बायर्न म्युनिकलाई ३-० ले हरायो । त्यसमा रोड्री, बर्नाडो सिल्भा र इर्लिङ हाल्यान्डले गोल गरे । हाल्यान्डको यो सिजनको ४५ औं गोल हो ।

लिस्वनमा भएको अर्को खेलमा इन्टरले बेनफिकालाई उसकै घरमा २-० ले पराजित गर्‍यो । इन्टरका लागि निकोलो बरेला र रोमेलु लुकाकुले गोल गरे । लुकाकुले पेनाल्टीबाट गोल गरेका हुन् ।