चैत्र २९, २०७९
नयाँ दिल्ली — मुम्बई इन्डियन्सले मंगलबार इन्डियन प्रिमियर लिग २०२३ मा पहिलो जित हात पारेको छ । उसले दिल्ली क्यापिटल्सलाई अन्तिम बलमा ६ विकेटले पराजित गरेको हो । मुम्बई तेस्रो खेलमा आएर पहिलो जित निकाल्न सफल भएको हो ।
दिल्लीको भने यो लगातार चौथो हार हो । दिल्ली अंक तालिकाको पुछारमा छ । जितका लागि १ सय ७३ रन पछ्याएको मुम्बईले २० ओभर उपयोग गरेर विजयी रन बटुल्यो । कप्तान रोहित शर्माले ४५ बलमा ६५ रन बनाएर जितको आधार तयार पारे ।
रोहित ‘प्लेयर अफ द म्याच’ भए । पहिले ब्याटिङ गरेको दिल्लीले भने कप्तान डेविड वार्नरको ५१ रनको मद्दतले १९।४ ओभरमा अलआउट हुनुअघि १ सय ७२ रन बनाएको थियो ।