चिकित्सा शिक्षा आयोगविरुद्ध चिकित्सकहरूको प्रदर्शन

चिकित्सा शिक्षा आयोगविरुद्ध चिकित्सकहरूको प्रदर्शन

२८ चैत्र काठमाडौँ —
चिकित्सा शिक्षा आयोगले सर्वोच्चको आदेश अवज्ञा गरेको र एमडी/एमएस‚ एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् । माइतीघर मण्डलमा मंगलबार चिकित्सकहरूले आयोगका पछिल्ला कदममाथि विरोध जनाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।


प्रदर्शनकारीले ‘मेहनत र मेरिटको सम्मान गर’‚ ‘एमईसीले बुझ्ने कहिले हो‚ दुईभन्दा एक पहिले हो’‚ ‘अस्पतालमा डाक्टर खै मण्डला न्याय माग्न पुग्या छन्’ लगायतका प्लेकार्ड बोक्दै प्रदर्शन गरेका थिए ।
अदालतको आदेशको भावना र मर्मअनुसार आयोगले विश्वव्यापी परीक्षाको मेरिटोक्रेसीको सिद्धान्तविपरीत पारदर्शिता नभएको र प्राग्माटिज्मको मर्म मिच्ने गरी म्याचिङ गरिएकोप्रति नेपाल चिकित्सक संघले समेत ध्यानाकर्षण गराएको छ ।
संघले मेरिटोक्रेसीको सिद्धान्तविपरीत गरिएको म्याचिङ प्रणालीले समग्र विद्यार्थीलाई योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित हुने अवस्थाको सिर्जना गरिएको आरोप लगाएको छ ।