काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रदेश ३ को प्रथम भेला सम्पन्न भएको छ । ललितपुरको कुपण्डोल स्थित कार्यालयमा सम्पन्न भएको भेलाले धनमाया निरौलाको नेतृत्वमा १९ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ ।
भेलाले अध्यक्षमा धनमाया निरौला ‘अनु’, उपाध्यक्षमा पूर्णकुमारी देवकोटा र कमला चन्द , सचिवमा सपना राजथला , सहसचिवमा तेलीमाया थिन, कोषाध्यक्षमा विष्णुदेवी बललाई निर्वाचित गरेको छ । भेलाले सदस्यहरुमा विष्णु न्यौपाने, मधु श्रेष्ठ, शान्ति विक, कमला श्रेष्ठ, लक्ष्मी शाह, सुधा पाण्डे, अञ्जना शाही, पञ्चमाया लामा, सरस्वती श्रेष्ठलाई निर्वाचित गरेको छ ।
अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय सचिव शारदा महतको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि महत लगायत अखिल नेपाल जनसाँस्कृतिक महासंघ प्रदेश ३ की अध्यक्ष गौरी दाहाल, अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका प्रदेश ३ का अध्यक्ष मिनकुमार रानामगर र अखिल नेपाल राष्ट्रिय तामाङ मुक्ति मोर्चाका प्रदेश ३ का अध्यक्ष प्रेम तामाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
धनमाया निरौल अनुको अध्यक्षता, सपना राजथलाको सञ्चालनमा सम्पन्न भेलामा कमला चन्दले स्वागत मन्तव्य राख्नुभएको थियो ।