
नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको प्रथम जिल्ला भेला बर्दघाटमा शनिवार सम्पन्न भएको छ ।

भेलाले क.समरको नेतृत्वमा २१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।
जिल्ला समितिको सेक्रेटरीमा क.समर, जिल्ला सदस्यहरुमा क. बिबेक, क.क्रान्ति, क.न्युक्लियस, क.बसन्त क.अनिल, क.सरोज, क. राधा, क.कमल,क.श्याम, क. प्रशान्त,क.बसन्त,क.ओमप्रकाश क.साका, क.संर्घष क. नीता र क.विप्लव,क.निर्मल हुनुहुन्छ ।
भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क. संकल्पले जिल्लामा पार्टीका गतिबिधिहरु तीब्र बन्दै गएको नयाँ आशाको संचार भएको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारी, अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव दुर्गा नारायण थारु, शहिद परिवारकोतर्फबाट उर्मिला क्षेत्रीलगायतले शुभकामना दिनुभयो ।