काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट दर्ता गर्न आदेश दिएको हो।

यसअघि सर्वोच्च प्रशासनले दर्ता नगर्ने निर्णय खारेज गर्दै दर्ता गर्न आदेश दिएको छ।

जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्र राज आरणलगायत द्वान्द्वपीडित रिट लिएर सर्वोच्च पुगेका थिए। तर, अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरेको थियो।

सर्वोच्च प्रशासनले बिदा दिने वा कुनै उत्सव मनाउने वा नमनाउने भन्ने निर्णय सरकारको भएकाले रिट दर्ता गर्न नमिल्ने निर्णय गरेको थियो। तर इजलासले दर्ता गर्न आदेश दिएसँगै अब रिट दर्ता गर्ने बाटो खुल्ला भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार