चैत्र १६, २०७९

सान्टियागो डेल स्टेरियो — अर्जेन्टिनी कप्तान लियोनल मेसीले मंगलबार आफ्नो देशका लागि सय गोल गरेका छन् । उनको उक्त कीर्तिमान प्रदर्शन मदतमा विश्वकप विजेता अर्जेन्टिनाले कुराकाओलाई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा ७–० ले हराएको छ । सातपल्टको बालोन डी’अर विजेता मेसीले क्यारेबियन आइल्यान्ड टिमविरुद्ध ह्याट्रिक गरेका थिए ।

अर्जेन्टिनाका लागि मेसीको यो सातौं ह्याट्रिक हो । यसअगाडि नै उनी अर्जेन्टिनीका लागि सर्वाधिक गोल गर्ने खेलाडी भइसकेका थिए । उनको पछाडि ग्याब्रियल बाटिस्टुटा र सर्जियो अग्विरो छन् । बाटिस्टुटाले ५६ र अग्विरोले ४१ गोल गरेका छन् । उनीहरू दुवैको गोल जोड्दा आउने संख्याभन्दा मेसीको गोल बढी रहेको छ ।

कतारमा भएको विश्वकप फाइनलमा फ्रान्सलाई नाटकीय रूपमा पराजित गरेयता अर्जेन्टिनाले खेलेको यो दोस्रो खेल हो । यसै खेलबाट मेसीले सय गोलको कोसेढुंगा उपलब्धि चुम्ने निश्चितजस्तै रहेको थियो । सर्वकालीन सूचीमा मेसीभन्दा बढी क्रिस्टियानो रोनाल्डोले १ सय २२ र इरानका अली दाइले १ सय ९ गोल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर