चैत्र १५, २०७९
धनगढी — आयोजक सुदूरपश्चिम–११ मंगलबार छैटौं संस्करणको खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा सुदूरले नेपाल पुलिस क्लबलाई ४–० ले हरायो ।
धनगढीमा भइरहेको खप्तड गोल्डकपमा प्रतिस्पर्धा गर्दै आयोजक (रातो) र पुलिसका खेलाडी ।
सुदूरपश्चिमका लागि आयुष श्रेष्ठले ह्याट्रिक गरे । थप एक गोल स्वामी हार्दिकले गरेका थिए । खेलको पाँचौं मिनेटमै स्वामीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ३० औं मिनेटमा आयुषले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । उनले ५१ र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । पहिलो पहिलो ह्याट्रिक हो । उनी नै एसपीए म्यान अफ द म्याच भए । १० हजार पुरस्कार थापे । पुलिसका खेलाडीले पाएका अवसरमा गोल गर्न सकेनन् ।
सुदूरपश्चिमले थ्रीस्टार क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १६ मा हुनेछ । बुधबार मनाङ मर्स्याङ्दी र एभिनियर एफसी क्यामरुनले पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।