एमबाप्पे र मेसीविना पीएसजी पराजित

एमबाप्पे र मेसीविना पीएसजी पराजित

२९ माघ, काठमाडौं ।
फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन ९पीएसजी० मोनाकझसँग पराजित भएको छ ।

स्टार खेलाडी किलियन एमबाप्पे र लिओनल मेसीबिना मैदान उत्रेको पीएसजी मोनाकोसँग ३(१ ले पराजित भएको हो ।

एमबाप्पे र मेसी चोटका कारण दुवै खेलाडी खेलेका थिएनन् ।

घरेलु मैदानमा मोनाकोका लागि विसम वेन यडरले दुई गोल गरे । उनले १८औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

त्यसअघि अलेक्जान्डर गोलोभिनले चौथो मिनेटमा गोल गरेका थिए ।

पीएसजीका लागि वारेन जइरे एमेरीले ३९औं मिनेटमा एक गोल गरेका थिए ।
पराजित पीएसजी २३ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा छ । पीएसजीलाई हराएको मोनाको २३ खेलबाट ४७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । ४९ अंकसहित मार्से दोस्रो स्थानमा छ ।