लुसूनकाे एउटा पात्र
आह क्यू
जसकाे थातथलाे
आमा बाबू काे थिए
कसैलाई थाह थिएन
उसकाे बसाइकाे
ठेगान थिएन
कामकाे ठेगान थिएन
जहाँ काम गर्थ्याे
त्यँही बस्थ्याे
बेजाेड क्रान्तिका कुरा गर्थ्याे
कहिले मन्दिरमा बस्थ्याे
उसलाई आफ्नाे/पराई
थाहा थिएन
शासक र शासित थाहा थिएन
वर्ग/वर्गीयता थाहा थिएन
जहाँ पनि जाे भेटे पनि
क्रान्तिका गफ गर्थ्याे
चीनमा परिवर्तन चाहन्थ्याे
चाेक,चौताराे, हाेटलमा
सधैँ क्रान्तिका कुरा गर्थ्याे
आकाशका तारा झार्थ्याे
किसानहरूसँग
परिवर्तन हुन्छ/हुनुपर्छ भन्थ्याे
त्याग र वलिदानका कुरा गर्थ्याे
हुन त ऊ पनि बलवान थियाे
तर कहिलेकाहीँ
बलियाकाे पिटाइ खान्थ्याे
र भन्नेगर्थ्याे- आज छाेराले पिट्याे
यसरी ऊ गालाे छाम्दै
विजयकाे अनुभूति गर्थ्याे ।

एक दिन
क्रान्तिकारीहरूले
याेजनाबद्ध
सामन्तकाे गाेदाम फाेरेर
गरिवहरूलाई अन्न बाँडे
र फरार भए
प्रहरीले छापा मार्याे
आह क्यू समातियाे
उसलाई फाँसीमा झुन्ड्याइयाे ।

आजकल म आफैलाई
आह क्यू देख्न थालेकाे छु
मेरा धेर‌ै कुरा ऊसँग मिल्छन्
जतातत‌ै चाेक, बजार
हाेटलहरूमा
आह क्यू मात्र देख्छु
धेर‌‌ै क्रान्तिकारी भेटेकाेमा
परिवर्तनका झिल्का देख्दै
सन्ताेषकाे लामाे सास फेर्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर