माघ २१ काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) निकट भोजपुर—काठमान्डौ जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरिएको छ ।
काठमान्डौमा आयोजित भोजपुर जिल्लाबाट काठमान्डौ आई बसीरहेका नेकपा(क्रान्तिकारी माओवादी)प्रति आस्था राख्ने विभिन्न पेशा र व्यवसाय गरिरहेका भोजपुर वासीहरुको भेलागरी सो समिति गठन गरिएको हो ।
भेलाले मुकेश राइको अध्यक्षतामा १५ सदस्यीय भोजपुर—काठमान्डौ जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको छ । जसमा उपाध्यक्ष रोशन राई, सचिव प्रनिश कोइराला, सहसचिव मलदीप राई, कोषाध्यक्ष सञ्जय राइृ र सदस्यहरुमा विदान राई, बिजनेश राई, अशिप विश्वकर्मा, युविहान किराँत राई, सुमन राईलगायत हुनुहुन्छ ।

भेलाका अतिथिहरुमा जनगणतान्त्रिक सम्पर्क मञ्चका इन्चार्ज पुश्कर श्रेष्ठ, जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष ढोगप्रसाद अधिकारी र नेकपा(क्रान्तिकारी माओवादी) ३ नं. प्रदेश सदस्य फडिन्द्र कार्की हुनुहुन्थ्यो ।
भेलामा जनगणतान्त्रिक सम्पर्क मञ्च के हो? किन गठन गर्ने ? आदिवारे मञ्चका इन्चार्ज पुश्कर श्रेष्ठ र केन्द्रीय अध्यक्ष ढोगप्रसाद अधिकारीले प्रशिक्षणात्मक सम्वोधन गर्नु भएको थियो भने नवनिर्वाचित समितिलाई बधाइ तथा शुभकामना फडिन्द्र कार्कीले दिनु भएको थियो ।
भेलाको अध्यक्षता मुकेश राइले गर्नु भएको थियो भने सञ्चालन ढोगप्रसाद र मुकेश राइले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर