नेकपा(क्रान्तिकारी माओवादी ) सम्बद्ध जवस/ मोर्चा सुदुरपश्चिम संयुक्त प्रदेश भेलाहरु सम्पन्न

नेकपा(क्रान्तिकारी माओवादी ) सम्बद्ध जवस/ मोर्चा सुदुरपश्चिम संयुक्त प्रदेश भेलाहरु सम्पन्न

माघ २१
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) सम्बद्ध जवस/ मोर्चा सुदुरपश्चिम संयुक्त प्रदेश भेलाहरु सम्पन्न भएका छन् ।
भेलाको अध्यक्षता  देजमो केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष बिष्णु राम दमाईले गर्नु भएको थियो । भेलामा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य बिक्रान्त प्रमुख अतिथि, केन्द्रिय सदस्य लालकिरण, प्रदेश सेक्रेटरी चिन्तक, रुद्र र कञ्चनपुर जिल्ला सेक्रेटरी निरज सहितको सहभागिता थियो । भेलाको संचालन देजमो नेपाल प्रदेश सचिव शिवराज बजगाई र स्वागत मन्तव्व अखिल (क्रान्तिकारी) प्रदेश संयोजक पुस्कर जोशीले गर्नु भएको थियो ।
भेला तपशील बमोजिमका जवसमा तपशीलका समितिहरु गठन गर्दै सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी)मा संयोजक पुस्कर जोशी र सदस्यहरुमा प्रेम बोहरा, कैलाश महरा, जनक अवस्थी, गोबिन्द परियार, दलराम ठकुल्ला, लक्ष्मी महरा , जानकी काकीर्, रबिन्स पन्त, टेक राज नेपाली, केशब बोहरा, मिना अधिकार, गोपाल साउद, दुर्गा न्यौपाने र ललिता टमटा हुनुहुन्छ ।

त्यसैगरी  अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को भेला पनि संयोजक पछि चयन गर्ने गरी सम्पन्न भएको छ । जसमा मिना कडाल र सदस्यहरुमा गिता साउद बिमला प्रजा दिपा जोशी, अहिल्ला जोशी, निर्मला बिक, जलु दमाइ, नन्दा भट्टराइ सिला श्रेष्ठ र कलावती भण्डारी हुनुहुन्छ ।

अखिल नेपाल आदिवासी जनजाती महासंघको संयोजकमा हरिनाराण राना र सदस्यहरुमा कमल चौधारी, जगदिश चौधारी, बिमला प्रजा, खुशिराम चौधारी, सिलु श्रेष्ठ, राजेन्द्र थापामगर, मोहन थापामगर र मिठो बुढाथोकी हुनुहुन्छ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा संयोजक राम धामी र सदस्यहरुमा हरिष जप्रेल, चन्द्रमान महता, धनजित बिष्ट, भक्त बहादुर महरा, लक्ष्मण बोहरा र खेम साउद हुनुहुन्छ ।
त्यसैगरी नेपाल दलित मुक्ति मोर्चाका संयोजक दिनेश वड, सदस्यहरु क्रमस लोग बहादुर बिक, सर्प बहादुर वड, भुमिचन्द छिनाल, राम बहादुर रसायली, पदम सार्की र चन्द्र चुनारा चयन हुनु भएको छ ।