साताको गीत
अनाहक चुनौती जब खेप्नु पर्छ
विवशताले बन्दुक उठाउनु पर्छ
शीरैमाथि कालो मडारिने बादल
हटाउन बारुद उडाउनु पर्छ
निरंकुशताको प्रतीक बन्ने पर्खाल
इतिहासै होस्, त्यो भत्काउनु पर्छ ।
महान् यात्रा रोक्ने शीला बन्न आए
नचाहेरै ग्रिनेड पड्काउनु पर्छ
महामारी फैलाउने डङ्गुरै त्यो
फोहरमाथि आगो लगाउनु पर्छ ।
दमनको बुतामा टिकेको यो सत्ता
प्रतिरोधबाटै ढलाउनु पर्छ
जब युद्ध जीवनको पर्याय बन्छ
अनि मानी ‘आनन्द’ रमाउनु पर्छ ।
































