
भयभित हँुदैनन् लालसेना
लम्बे अभियानको कठिन परीक्षादेखि
एक चुट्कीमै नियन्त्रण गर्दछन् उनीहरू
दशौँ हजार पर्वत र प्रचण्ड वेगवान नदीहरूलाई
पाँच शिखरहरू पनि उनको लागि
मद्धिम हावामा छोटा–छोटा लहरहरू समान,
तेजस्वी वुमेङ१ पनि सुतिदिन्छ
माटोको डल्ला जस्तै
सोनावालु२ को जलको काखमा
ठिङ्ग उभिएका दुर्गम चट्टानहरू गरम लाग्दछन्
चिसो भान हुन्छ
तातु नदीको वारपारका फलामका जंजीरहरू ।
मिनशान३ पर्वतमालाको बीच
हजारौँ माइलको बर्फिलो बाटो
पार गरिन्छ हाँस्दै र गाउँदै
मार्च गर्दै हिंड्छन् तीनवटै सेना४
र, चम्कन्छन् रक्तकणहरू प्रत्येक अनुहारका ।
अक्टुवर, १९३५
नोट ः
१–वुमेङ ः युनान र क्वेइचओ बीचको पर्वतमाला ।
२– सोनावालु ः याङ्त्सी नदीको माथिल्लो तटीय क्षेत्र ।
३– मिनशान ः सेचुआन र कान्सु प्रान्तको बीचमा फैलिएको पर्वतमाला ।
४–तीनवटै सेना लालसेनाको पहिलो, दोस्रो र चौथो मोर्चा फौज ।
अनु– पाण्डव थापा