क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस र सहिद सप्ताह देशव्यापी रुपमा मनाउने

क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस र सहिद सप्ताह देशव्यापी रुपमा मनाउने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले फागुन १ मा जनयुद्ध दिवस र फागुन १४ देखि २१ गतेसम्म देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश र जिल्लालाई आगामी फागुन १ गते प्रदेश तथा जिल्लाहरुमा सिर्जनात्मक रुपमा कार्यक्रमहरुको आयोजना गरी महान जनयुद्ध दिवस मनाउन र फागुन १४ देखि २१ गतेसम्म आ–आफ्नो विशिष्टतामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी सहिद सप्ताह मनाउन सुर्कलर गरिसकेको समबद्ध स्रोतले जनाएको छ । स्रोतका अनुसार सहिद सप्ताह मनाउने क्रममा सहिद तथा वेपत्ता योद्धा परिवारजनहरुसित भेटघाट गर्न समेत पार्टी पंक्तिलाई सर्कुलर गरिएको छ ।


यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी)को ३ नं. प्रदेश समितिको बुधबार बसेको बैठकले काठमाडौंको शान्तिबाटिकामा एक भव्य कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ । जनयुद्ध समारोह भव्य रुपमा सम्पन्न गर्न पार्टी र जनवर्गीय संगठनका सबै पार्टीपंक्तिलाई निर्देशन दिइएको सम्बद्ध स्रोतले जनाएको छ । त्यसैगरी अन्य प्रदेश र जिल्लाहरुमा पनि जनयुद्ध दिवस र सहिद सप्ताह दिवस मनाउने निर्णय गरिएको जनाइएको छ ।