माघ १६ कोपुन्डोल ललितपुर ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाको अध्यक्षतामा माघ १५ र १६ गते कोपुन्डोल ललितपुरमा सम्पन्न बैठकले महासंघको राष्ट्रिय सम्मेलन आगामी फागुन २०, २१ र २२ गते विराटनगरमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले राष्ट्रिय सम्मेलनको प्रतिवेदन तथा विधान लेखन कार्यदल, प्रचार प्रसार कार्यदल, व्यवस्थापन कार्यदल समेत गठन गरेको छ । बैठकलाई प्रमुख अतिथि तथा पार्टी पिबिएम दिनेश शर्मा सागरले प्रशिक्षित गर्नुभएको थियो । “हामीले क्रान्तिकारी इतिहासको आलोकमा वर्तमानलाई टेकेर आगामी क्रान्तिको सुन्दर खाका तयार गर्नुछ । त्यस प्रक्रियामा विशिष्ट भूमिका पुरा गर्न सक्ने मजदुर संगठन र आन्दोलन आजको आवश्यकता हो । त्यसका निम्ति हाम्रा ज्ञानका सिमा बाँधहरुलाई भत्काउदै, क्रान्तिकारी र गतिशील ज्ञान चेतनामा फड्को हान्न जरुरी हुन्छ । हामी सबैले नयाँ फड्को हान्नै पर्छ ।“ भन्दै क्रान्तिकारीहरुले नयाँ फड्को हान्ने समय आएको स्पष्ट गर्नुभयो ।

वक्तव्यको क्रममा उहाँले अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नेपालको क्रान्तिकारी मजदुर आन्दोलनको नेतृत्व गर्दै आएको छ र भविश्यमा पनि नेतृत्व गर्नु पर्छ भन्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर