काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनस्वाथ्यकर्मी संगठनले प्रथम राष्ट्रिय भेलाको तयारी गरेको छ ।
अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनकी केन्द्रीय संयोजक इन्दिरा अधिकारीले दिएको जानकारी अनुसार माघ ७ गते शनिबार पार्टी कार्यालय कुपण्डोलमा संगठनको राष्ट्रिय भेला गर्ने तयारी तीव्र रुपमा भइरहेको छ ।
भेलामा प्रदेश र अधिकांश जिल्लाहरुबाट समेत प्रतिनिधि र पर्यवेक्षकहरु भेलामा उपस्थित हुने बताइएको छ । भेलाको उद्घाटनका लागि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणलाई तथा प्रमुख अतिथिको रुपमा निम्त्याइएको संयोजक अधिकारीले जानकारी दिनुभयो ।