लालबहादुर थापाप्रति जनसांस्कृतिक महासङ्घद्वारा श्रद्धाञ्जली व्यक्त

लालबहादुर थापाप्रति जनसांस्कृतिक महासङ्घद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं÷माघ –६,
अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आज एक वक्तव्य जारी गर्दै आफ्नो सङ्गठनका केन्द्रीय समितिका सचिवालय सदस्य सुशिला थापाको बुबाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ । महासङ्घका अध्यक्ष जगदीश चन्द्र तथा महासचिव हिरामणि दुःखीद्वारा संयुक्त हस्ताक्षरित वक्तव्यमा जनवादी कलाकार थापाको बुबा लालबहादुर थापाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।

यसैगरी इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले पनि वक्तव्य जारी गर्दै प्रतिष्ठानका प्राज्ञ सदस्य समेत रहेकी सुशिला थापाप्रति समबेदना प्रकट गर्दै उहाँका बुबा लालबहादुरप्रति श्रद्धाञ्जली प्रकट गरेको छ ।

सहिद लखन थापा गाउँपालिका –९, गोरखा निवासी मृतक लालबहादुर थापाको उपचारकै क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उहाँ हाल ७९ वर्षको हुनुहुन्थ्यो । उहाँका दुई श्रीमती, चार छोरी र पाँच जना छोरा तथा नानातिनाहरू हुनुहुन्छ ।