माघ ५ विराटनगर ।
नेकपा(क्रान्तिकारी माओवादी)प्रदेश नम्बर १को प्रथम भेला सम्पन्न भएको छ ।
मोरङ्गको विराटनगरमा दुई दिन सम्म चलेको भेलाले प्रदेश सेक्रेटरीमा सरललाई चयन गर्दै ७४ सदस्य प्रदेश कमिटि निर्वाचित गरेको छ ।
यस अघि प्रदेश सेक्रेटरीको जिम्मेवारी समालि रहनु भएका सरललाई पुनः प्रदेश सेक्रेटरीमा चयन गरिएको हो ।
भेलाको प्रमुख अतिथी रहनु भएका पार्टीका स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ता प्रतिकले नव निर्वाचित कमिटिलाई बधाई तथा शुभकामना दिनु भएको थियो । उहाँले सचेत पहलकदमी लिएर वर्गिय मुक्ति आन्दोलनमा होमिनका लागि निर्वाचित कमिटिलाई अनुरोध गर्नुभयो ।
भेलामा पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेश १ का इन्चार्ज दिनेश शर्मा तथा प्रदेश नम्बर १ मा कार्यक्षेत्र बनाएर काम गरिरहनु भएका पार्टीका केन्द्रिय सदस्यहरुको सक्रिय सहभागीता रहेको थियो ।