माघ ५ काठमान्डौ ।
सरकारले कृषि र किसानलाई उपेक्षा गर्ने आँखामा छारो हाल्ने गलत परम्परा छोडेर कृषि र किसान केन्द्रित अर्थपूर्ण कदम चालोस् भन्ने हामी जोडदार माग गर्दै चार किसान संगठनहरुव्दारा निम्नलिखित वक्तव्य प्रकाशित गरेका छन् ः
चार किसान संगठनको संयुक्त बक्तब्य
बर्तमान गठबन्धन सरकारले प्रस्तुत गरेको साझा कार्यक्रममा कृषि र किसानका क्षेत्रका समस्या समाधान गर्न भनी अघि सारेका सामान्य सुधारात्मक कुराहरुले नेपालको उत्पादन सम्वन्धमा बर्षौंदेखि थाँती रहेका समस्याहरु तथा नेपाली कृषि र किसानमा परिरहेका नकारात्मक बाह्य प्रभावहरुको निराकरण गर्नसक्ने देखिदैन । यथास्थितिमा प्राबिधिक किसिमले गरिने भनिएका यस्ता सुधारका कदमहरुको बिगतको अनुभवले पनि यी बिधि पुर्याउन भनिराख्ने कुरा मात्र हुन् भन्ने छर्लङ्ग हुन्छ । त्यसैले यी किसानको जीवनमा दीगो, भरपर्दो र उल्लेखनीय सकारात्मक परिबर्तल्याउने र देशलाई आत्मनिर्भरताको ठोस दिशामा अग्रसर गराउने कदम होइनन् भन्ने कुरा प्रष्ट छ ।
अतः नेपाली किसानले कृषिका यावत क्षेत्र – खेतीपाती, फलफूल तथा तरकारी खेती, पशुपंक्षी पालन, कृषिजन्य एबं बनजन्य उद्योग र ती सबैको सुनिश्ति र लाभदायी बजार ब्यवस्थामा जुन असुरक्षा, अभाव तथा ऋणको बोझ बर्षौंबर्षदेखि बेहोरिइरहनुपरेको छ तिनको तत्कालीन र दीर्घकालीन समाधान यस्ता हचुवा र कमजोर कार्यक्रमले ठोस् र उल्लेख्यरुपमा निराकरण गर्न सक्तैन ।
यसर्थ उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, रोजगारी पैदा गर्ने र किसानको जीवनमा चौतर्फी समुन्नति ल्याउने र कृषिलाई खाद्य अधिकार र तथा खाद्य सम्प्रभूताका समस्या हल गर्ने गरी तथा किसानलाई जमिन, जल, जंगल–जडीबुटीको स्वामी बनाउने र तिनको परिचालन गर्ने आवश्यक सबै स्तरको प्राबिधिक जनशक्ति उपलब्ध गराउने आमूल र अग्रगामी सुधार गरिनु अत्याबश्यक छ भन्ने हामी चार किसान संगठनहरुको संयुक्त जोड रहेको छ । सरकारले कृषि र किसानलाई उपेक्षा गर्ने आँखामा छारो हाल्ने गलत परम्परा छोडेर कृषि र किसान केन्द्रित अर्थपूर्ण कदम चालोस् भन्ने हामी जोडदार माग गर्दछौं ।
भैरबराज रेग्मी सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्ष
अखिल नेपाल किसान महासंघ(अप्फा) अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)
लोकनारायण सुबेदी दुर्गाप्रसाद जैसी
इञ्चार्ज अध्यक्ष
अखिल नेपाल किसान यूनियन अखिल नेपाल प्रगतिशील किसान संघ
२०७९ माघ ४