४ माघ सिन्धुपलाञ्चोक ।
अखिल नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चाको सिन्धुपलाञ्चोक जिल्ला दोश्रो भेला सम्पन्न गरिएको छ ।
यही माघ ४ गते सम्पन्न उक्त भेलाले सुर्य तामाङको अध्यक्षताम ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
सो भेलालाई मोर्चाका ३ नं प्रदेश अध्यक्ष तथा प्रमुख अतिथि प्रेम तामाङ, नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सहईन्चार्ज तिलक श्रेष्ठ र जिल्ला सेक्रेटरी धन तामाङले सम्बोधन गर्नु भएको थियो ।
जिल्ला कार्यसमितिमा निम्न सदस्यहरु चयन गरिएका छन् ः अध्यक्षः सुर्य तामाङ, सचिवः पुष्प तामाङ,कोषाध्यक्षः सरिता तामाङ र सदस्यहरुमा जीत ब. तामाङ, श्याम तामाङ, वली तामाङ, सुर्जे तामाङ, चिन ब. तामाङ, डिल ब. तामाङ साथै उपाध्यक्ष र १ जना सदस्य पछि थप गर्ने निर्णय गरिएको छ ।