जनगायक जीवन शर्मा विदेशस्थित श्रमजीविका माझमा

जनगायक जीवन शर्मा विदेशस्थित श्रमजीविका माझमा

माघ २, काठमाडौं ।

नयाँ वर्ष २०२३ को अवसरमा जनगायक जीवन शर्माले विदेशमा रहेका नेपाली श्रमजीविहरुका माझ भव्यका साथ आफ्ना प्रस्तुतिहरु दिइरहेका छन् । गरिब दुःखी, जनता, श्रमजीविहरुका गायक जीवन शर्माले क्यानडाका विभिन्न ठाउँहरुमा आफ्ना विशेष प्रस्तुति प्रस्तुत गरिरहेका छन् । दिनहुँ जसो कार्यक्रमहरु चलिरहेको छ । जनताले हार्दिकताका साथ जीवन शर्मालाई स्वागत, सम्मान गरिरहेका छन् । यसैबीचमा क्यानडाको टोरोन्टोमा जनवरी १३ शुक्रबारको साँझ एक कार्यक्रम बीच विशेष सम्मान गरिएको छ ।

नेपालको व्यवस्था परिवर्तन र राजनीतिक आन्दोलनका मोर्चाहरुमा गीतसंगीतको माध्यमबाट जनतालाई जागरुक गराउन पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै टोरोन्टो जिटिए क्षेत्रका नेपालीहरुले स्वतस्फूर्त सम्मान गरेका हुन् ।

कार्यक्रममा आयोजक समितिका तर्फबाट कार्यक्रम संयोजक बिमल बस्नेतले गायक जीवन शर्मालाई फुलगुच्छाले स्वागत गरेका थिए । गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव चिरञ्जीवी घिमिरेले कदर पत्र प्रदान गरेका थिए । टोरोन्टो नेप्लिज स्पोर्ट्स क्लबका सकर कोच तथा टिम म्यानेजर रमेश थापाले गायक शर्माको सांगीतिक यात्रा र नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनमा पु¥याएको योगदानको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमका दौरानमा गायक शर्माले आफ्ना कालजयी गीतहरु सुनाउनुका साथसाथै जीवन यात्राका क्रममा भोग्नु परेको आफ्नो तितोमिठो अनुभव पनि सुनाएका थिए । गायनका क्रममा शर्मालार्ई क्यानाडामा नेपाली संस्कृति र संगीतको संरक्षणमा जुटेको नेपाली मौलिक सांगीतिक ब्याण्ड हिमालयन भाईब्सले साथ दिएको थियो। अनौपचारिक रुपमा संचालन गरिएको उक्त कार्यक्रम नेपालमा प्रसिद्ध लोकगायक बुद्दिसागर बस्यालले पनि आफ्नो प्रस्तुति दिएका थिए । छोटो समयका लागि कार्यक्रममा उपस्थित भएका गायक, संगीतकार एवं गीतकार राजनराज सिवाकोटीले गायक जीवन शर्माको सम्मानमा शर्माको चर्चित गीत “सिमली छायँमा बसी” गाएका थिए ।

कार्यक्रममा क्यानाडा जिटिए क्षेत्रमा विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । जनवरी महिनाभरी अमेरिकाका विभिन्न स्थानमा कार्यक्रमहरु रहने तथा फेब्रुअरी पहिलो हप्ता मात्र उनी स्वदेश फर्कंदैछन् ।