माओवाद भनेको वर्तमान युगको माक्र्सवाद— लेनिनवादको प्रयोगको एउटा विस्तार र विकसित चरण हो । यो माओले चीनीयाँ क्राान्तिको कोर्सका दौरान, समाजवादी नीर्माणको प्रक्रियाको दौरान, आधुनिक संशोधनवाद विरूद्धको लडाइमा, र खासगरी महान सर्वहारा सास्कृतिक क्रान्तिको दौरान यसको विकास गर्नु भएको हो । माओवादको योगदानहरूको चर्चा गर्दा त्यसमा निम्न विशेषताहरू प्रमुख छन् ः
प्रथम अन्तरविरोधहरूको सिद्धान्त, ज्ञानको सिद्धान्तको विकास र ‘जनताबाट लिएर जनतालाई दिने’को मास लाइनको सुत्रवद्धता, दोस्रो नयाँ जनवादको सिद्धान्त, औपनिवेशिक तथा अर्ध(नव)औपनिवेशिक देशहरूका लागि क्रान्तिको मार्गको सुत्रवद्धता र क्रान्तिका तीन जादुगरी हतियार—पार्टी, जनताको सेना र संयुक्त मोर्चाका निर्माण, तेस्रो दृघकालिन जनयुद्धको सिद्धान्तको विकास र फौजी युद्धको सिद्धान्तको विकास, चौथो दुइ लाइन सङ्घर्षको बुझाइमा आधारित सर्वहारा पार्टीको सङ्गठनात्मक सिद्धान्तको विकास, सुद्धिकरण अभियानहरू र आलोचना र आत्मआलोचना, पाँचौ चीनीयाँ र सोभियत अनुभवको आधारमा समाजवादको राजनीतिक अर्थशास्त्रको विकास र समाजवादी रूपान्तरणको प्रक्रियामा अन्तरविरोधहरूको सही सञ्चालनद्धारा समाजवादी निर्माणको प्रक्रियाको द्धन्दात्मक बुझाइ, र छैटौ र अति महत्वपूर्ण, समाजवादलाई मजवुत बनाउन, आधुनिक संशोधनवादका विरूद्ध लडन र पुँजीवादको पुनस्र्थापनालाई रोक्न सर्वहारावर्गको अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको सिद्धान्त र यसको ठोस परावर्तन माओको नेचृत्वमा चीनमा चलाइएको महान् सर्वहारा साृस्कृतिक क्रान्तिमा देखियो ।
यसरी माक्र्सवाद, लेनिनवाद, र माओवाद आपसमा वेग्लावेग्लै विचारहरू होइनन्, बरू उही विचार र एउटैको विकसित र निरन्तर वृद्धिलाई जनाउँछ । त्यसकारण एउटा क्रान्तिकारी कम्युनिस्टका लागि यसको विकासका प्रक्रियाको इतिहासवारे र यसका विभिन्न पक्षहरू र अंगहरूका सारलाई बुझ्न कोशिस गर्नु आवश्यक पर्छ । यदि यसका पक्षहरूको आधारभूत सारलाई यसको ऐतिहासिक सन्दर्भमा कुझन र ठोस गर्न कोशिस गरियो भने अनगिन्ति चिजहरूलाई समात्न सकिने छ ।
माओको मृत्युपछि चीनमा स्तालिनको मृत्युपछि ख्रुश्चेभजस्तै देंगको संशोधनवादको सत्ता कब्जापछि र पेरु र नेपालको माओवादी क्रान्तिले गम्भीर झटका खाएपछि अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओवादको क्रान्तिकारी पक्षको रक्षा गर्ने र त्यसलाई दृढतापूर्वक अगाडि बढाउने प्रश्न माओवादीहरुका निम्ति झनझन चुनौतीपूर्ण बन्दै गएको छ ।
माक्र्सवाद–लेनिनवाद र विश्व कम्युनिस्ट आन्दोलनको विकासमा माओको ठूलो योगदान रहेको छ । सोभियत संघको कम्युनिस्ट पार्टीको २० औं पार्टी कांग्रेसमा खु्रश्चेभले दक्षिणपंथी संशोधनवादी र गद्दारीको बाटो समाते पछि विश्वभरमा नै दक्षिणपंथी संशोधनवादको एउटा लहर आएको र त्यो दक्षिणपंथी लहरले विश्व क्रान्तिकारी आन्दोलनमा ठूलो संकट पैदा गरेको पृष्ठभूमिमा माक्र्सवाद–लेनिनवादको भण्डा उँचा राख्न तथा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन माओको ठूलो र ऐतिहासिक योगदान रहेको छ । आज पनि माओवादको पथ प्रदर्शन गरेर नै माक्र्सवाद–लेनिनवादको क्रान्तिकारी पक्षको रक्षा गर्नु र त्यसलाई अगाडि बढाउनु सम्भव हुनेछ ।
सोभियत संघमा समाजवादको निर्माण विश्व कम्युनिस्ट आन्दोलनको महान उपलब्धी थियो । अक्टोबर क्रान्ति पछि लेनिनको छिट्टै मृत्यु भयो र त्यसपछि सोभियत संघमा समाजवादको निर्माण स्टालिनको नेतृत्वमा नै सम्पन्न भयो । पहिले कुनै देशमा समाजवादको निर्माणको कुनै अनुभव थिएन । सोभियन संघमा समाजवादको निर्माणमा बाधा पुराउनका लागि संसारभरका सबै साम्राज्यवादी देशहरुले पूरा शक्ति लगाए । देशभित्रका सबै प्रतिक्रियावादी, दुश्मन शक्तिहरुका एजेन्ट, स्वयं पार्टी भित्रका विभिन्न प्रकारका अवसरवादीहरुले समाजवादको निर्णयमा बाधा पुराउन सकेसम्म प्रयत्न गरे ।
फासिष्ट शक्तिले पनि सोभियत संघमाथि आक्रमण गरेर समाजवादको निर्माणलाई रोक्ने प्रयत्न ग¥यो । तर ती सबै बाधा वा आन्तरिक षडयन्त्रहरुको सामना गर्दै स्टालिनले समाजवादको निर्माणलाई उच्च शिखरमा पु¥याउनु भयो । त्यसैले संसार भरका साम्राज्यवादी वा समाजवाद विरोधी शक्तिहरुका लागि स्टालिन एक नम्वरको दुश्मन शक्ति, सबैभन्दा बढी विरोध र घृणाका पात्र पनि बन्न पुग्नु भयो । तर बाह्य र साम्राज्यवादी आक्रमणले सोभियत समाजवादी व्यवस्थालाई जुन क्षति पुरायो, त्योभन्दा बढि क्षति स्वयं पार्टी भित्र देखा परेको आन्तरिक दक्षिणपंथी संशोधनवादले पुरायो । खु्रश्चेभको नेतृत्वमा देखापरेको दक्षिणपंथी संशोधनवादले सोभियत संशोधनवादलाई समाप्त पा¥यो र त्यहाँ पुँजीवादको पुनस्र्थापना भयो । सोभियत संघमा पुँजीवादको पुनस्र्थापना पछि कम्युनिस्ट आन्दोलन र समाजवादको रक्षाका लागि संघर्ष एउटा अन्तर्राष्ट्रिय आवश्यकता भएको थियो । त्यही ऐतिहासिक अवस्थामा माओको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टीले सोभियत संशोधनवादका विरुद्ध झण्डा उठायो । तर सोभियत संशोधनवादको असरबाट स्वयम् चीन पनि बच्न सकेन । त्यहाँको पार्टी, मुख्यतः त्यसको नेतृत्व(लिउसाओची)ले नै दक्षिणपंथी दिशा समात्यो । त्यो अवस्थामा माओ र चीनको कम्युनिस्ट पार्टीको लागि पनि आफ्नो देश र पार्टी भित्र पनि दक्षिणपंथी संशोधनवादका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता उत्पन्न भयो । दक्षिणपंथी संशोधनवादलाई पराजित गर्न नसकेमा सोभियत संघमा झै त्यहाँ पनि समाजवादको अन्त र पुँजीवादको पुनस्र्थापना अवश्यम्भावी थियो । त्यसैले माओको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टीले महान सर्वहारा सांस्कृतिक क्रान्ति सुरु ग¥यो । माओको मृत्युपछि लिउसाओचीको बफादार देंगसियाओपिंग चीनीयाँ सरकार र सत्तामा गयो, यसले त्यो सांस्कृतिक क्रान्तिलाई बीचैमा तुहाइ दियो,असफल बनायो ।
चीनको कम्युनिस्ट पार्टीभित्र घुस्न सफल देंगसियाओपिंगजस्ता पुँजीवादीपन्थीहरुले सत्ता कब्जा गरेपछि सांस्कृतिक क्रान्तिलाई असफल बनाए । चीनमा सांस्कृतिक क्रान्तिलाई असफल त बनाइयो तर अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा चीनमा सांस्कृतिक क्रान्ति असफल भयो भनेर त्यो कारणले त्यसको ऐतिहासिक महत्वमा कुनै कमी आउन्न । त्यो सांस्कृतिक क्रान्तिले ऐतिहासिक महत्व राख्दछ ।
चीनमा सर्वहारा सांस्कृतिक क्रान्तिको असफलताको परिणामस्वरुप त्यहाँ पुँजीवादको पुनस्र्थापना भयो । तैपनि त्यसले माओवाद वा सर्वहारा सांस्कृतिक क्रान्तिको महत्वलाई कम गर्दैन । वास्तवमा आज माओवाद र सर्वहारा सांस्कृतिक क्रान्ति दुवै नै माक्र्सवादी–लेनिनवादीहरुका हातमा सबै प्रकारका प्रतिक्रियावादी शक्तिहरु वा विभिन्न प्रकारका अवसरवादहरुका विरुद्धको संघर्षमा अजय हतियारहरु हुन् ।
चीनमा पुँजीवादको पुनस्र्थापना संगै विश्व समाजवादी व्यवस्थाको अन्त भएको छ र त्यसको परिणाम विश्वका धेरै माक्र्सवादी–लेनिनवादीहरुको यात दक्षिणपंथी संशोधनवादी दिशामा पतन भयो या विघटन भएर गयो । त्यसरी वर्तमानमा विश्व कम्युनिस्ट आन्दोलन धेरै कमजोर वा रक्षात्मक अवस्थामा छ र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि संघर्ष अत्यन्त कठिन कार्य हुन गएको छ । साम्राज्यवादी शक्तिहरुको कम्युनिज्मका विरुद्धको विश्वव्यापी षडयन्त्रका साथै विश्व कम्युनिस्ट–आन्दोलनमा दक्षिणपंथी संशोधनवादीहरुको अन्यन्त ठूलो प्रभावका कारणले गर्दा क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी—माओवादीहरुका अगाडि अत्यन्त कठिन स्थिति उत्पन्न भएको छ । तर यस्तो अत्यन्त कठिन र प्रतिकूल अवस्थामा पनि माक्र्सवाद–लेनिनवाद–माओवादको झण्डा मुनी क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा गर्न र त्यसलाई अगाडि बढाउन क्रान्तिकारीहरु सफल हुनेछन भन्ने कुरामा पूर्ण विश्वास लिनु पर्दछ ।
आज नेपालमा कम्युनिस्ट आन्दोलनको सन्दर्भमा पनि माक्र्सवाद–लेनिनवाद–माआवादको रक्षा गर्दै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने जिम्मेवारी माओवादी पार्टीहरुको काँधमा आएको छ । आज विश्वव्यापीरुपमा कम्युनिज्मका अगाडि उपस्थित कठिन र रक्षात्मक अवस्थाको असर नेपालमा पनि परेको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा वर्तमानमा देखापरेका वेग्ला वेग्लै भटकाव र अवसरवादी प्रवृत्तिहरु र उनीहरुको प्रभावका कारणले ती सबैका विरुद्ध दृढ र सम्झौताहीन संघर्ष बिना त्यसप्रकारको जिम्मेवारी पूरा हुन सक्ने छैन । यसका लागि माओवादलाई दृढतापूर्वक आत्मसात नगरिकन क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन । नेपालमा कतिपय संगठनहरु छन्, जसले आफूलाई कम्युनिस्ट पार्टी बताउँछन्, तर माओवादलाई अस्वीकार गर्दछन् । पूर्व सोभियत संसोधनवादसित सम्बन्धित कतिपय पक्षहरुले प्रारम्भ देखि नै माओवादलाई विरोध गर्दै आएका छन् र त्यसलाई अस्वीकार गर्दछन् ।
एक समय माओवादलाई स्वीकार गर्नेहरु मध्ये केही अहिले क्रमसः दक्षिणपंथी दिशामा संक्रमण भएका छन् र तिनीहरुले माओवादलाई तिलाञ्जली दिइसकेका छन् । पूर्व माले. समूह अहिलकोे एमाले, त्यसले स्पष्ट रुपले दक्षिणपंथी दिशा समातेको छ । त्यो क्रममा प्रचण्ड—बाबुराम —नारायणकाजीहरु पनि एमालेको पदचिन्हलाई पच्छाइरहेका छन् । यद्धपि प्रचण्ड—नारायणकाजीहरुले माओवाद माथि विश्वास गरेको घोषणा गर्न छाडेका छैनन । तिनीहरुले माओवादमाथि विश्वास गरेको घोषणा गरे पनि र औपचारिक रुपले माओवादलाई छाडेको घोषणा नगरे पनि तिनीहरुले माओका सबै आधारभूत सिद्धान्तहरुलाई तिलाञ्जली दिइसकेका छन । बहुदलीय व्यवस्थालाई रणनैतिक तथा सैद्धान्तिक रुपले समर्थन गर्ने वा बुर्जुवा गणतन्त्रबाट नयाँ जनवादी व्यवस्थामा शान्तिपूर्ण संक्रमण सम्बन्धी प्रचण्डका अभिव्यक्तिहरुबाट उनीहरुले माओवाद र नयाँ जनवादलाई छाडेको कुरामा कुनै शंका रहन्न । अब उनीहरुको दक्षिणपंथी र क्यारिरिष्ट प्रकारको चरित्र झन् नाँगै रुपमा देखापर्दै गैरहेको छ ।
विश्वभरका माओवादी समूहहरुले माओवाद माथि विश्वास गर्दछन । उपरोक्त प्रकारको अवस्थामा सबै दक्षिणपंथी संशोधनवादी विचारहरुका विरुद्ध माओवाद माथि विश्वास गर्ने विश्वभरका माओवादी समूहहरुबीचमा उच्चस्तरको र दृढ वैचारिक संघर्षको आवश्यकता हुन गएको छ । तात्कालिक राजनैतिक प्रश्नहरुमा पारस्परिक समझदारी भएका विषयहरुमा एक आपसमा कार्यगत एकता गर्न पहल गर्नुपर्दछ र त्यसको लागि तयार हुनुपर्दछ । तर त्यसप्रकारको कार्यगत एकताको नीति एकता–संघर्ष–एकता–मैत्रीपूर्ण संघर्ष र फेरी रुपान्तरित सहीतको एकताको सिद्धान्त माथि आधारित हुनु पर्छ ।
त्यो नीति अनुसार, एकातिर, माक्र्सवादी–लेनिनवादी—माओवादी क्रान्तिकारी सिद्धान्तहरुसित सम्बन्धित मतभेदहरुबारे वैचारिक संघर्षलाई दृढतापूर्वक संचालन गर्दै, अर्कोतिर, तात्कालिक प्रश्नहरुमा अधिकतम र मजबूत एकता कायम गर्ने नीति अपनाउनु पर्दछ । त्यसरी नैे रणनैनीति र कार्यनीतिका बीचमा संतुलन कायम गर्दै आफ्नो क्रान्तिकारी भूमिकालाई अगाडि बढाउन सकिने छ ।
देशको आजको अवस्थामा माओवादका पक्षमा उभिने संगठनहरु बीचको एकताको विकल्प छैन । त्यसकारण देशमा माक्र्सवाद–लेनिनवाद माओवादको रक्षा र त्यसका आधारमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने गम्भीर जिम्मेवारी यिनै माओवादीहरुको काँधमा आएको छ । र माओवादमाथि विश्वास गर्नेहरु बीचको एकताको प्रश्न तत्कालको विषय बनेको छ ।