अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरको सम्मेलन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरको सम्मेलन सम्पन्न

 

ललितपुर । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरको सम्मेलन सम्पन्न भएको छ । शनिबार कुपण्डोल पार्टी कार्यालयमा भएको सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ भने बन्द सत्र भने पछि गरिने कार्यतालिका रहेको सम्बद्ध स्रोतले जनाएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष इश्वर तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनको बन्द सत्रबाट नयाँ कार्यसमिति निर्वाचित हुने बताइएको छ ।


सुजाता रोक्काको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन उद्धब गुरुङले गर्नुभएको थियो ।

सम्मेलनमा बेदराज दियाली, महासंघका प्रदेश ३ का संयोजक कुमार घताने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्मेलनमा इटभट्टाका समस्याबारे ध्यानाकर्षण मन्तव्य धनमायाले राख्नु भएको थियो ।