साताको कविता 

सहरको अट्टालिबाट
आकासमार्ग हुँदै एउटा हुलाक आयो
लेखिएको छ एउटा कविता पठाओ
कविताको बजारशास्त्रमा
कविता नै बिक्री हुँन छाडेको यो याममा
कसको कविता लेखौँ म
आफ्नै सहर सहर जस्तो लाग्दैन अचेल
आफ्नै घर घर जस्तो लाग्दैन अचेल
घर नया बन्छकी भनेर साँचेको आसाको डोरो
घरको बनौट देखेपछी
साँचिएको आसामा असिना झरेको छ
नियालेर हेर्छु
लत्किएको आँगन लत्किएकै छ
भत्किएको पिँढी भत्किएकै छ
खामो उहीँ छ बलो उहि छ
नयाँ जस्ताले धुरी टल्केला कि भनेको
उहीँ पुरानो धुवाँ लागेको बँधिया
धुरीमा चढेको छ
छानो चुहिने डर उत्तिकै छ
डाँडा भाटा उस्तै ओसे छन
भित्रका जहानहरु रोसे चोसे छन ।
भान्सामा को उभिने होड चलेको छ
बलियोले निर्धोलाई उसैगरी दलेको छ
बारिमा अन्नको दानो फल्दैन
पल्लो गाउँसित नमागे चुलो बल्दैन
छेपाराको आहान जस्तो
हरेक जाडोमा सिरक किन्ने कसम आउँछ
अनि अर्को सिसिरमा उहीँ ठण्डी ब्याउछ
घरमुलिले जे मतो गरुन
मतो गरेर घर नबन्ने रहेछ
त्यसैले हिजोआज
म भन्न थालेको छु
अर्को नया घर कहिले बन्ला
गन्न थालेको छु
आउ साथी नया खेताला खोजौँ
नया घर उभिने घडेरी रोजौँ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर