पौष २३ हेटौंडा ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरको जिल्ला सम्मेलन हेटौंडामा सम्पन्न भएको छ ।
सम्मेलनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिदै पार्टीका केन्द्रीय सदस्य पुष्कर श्रेष्ठले नेपालमा एमसीसीजस्ता राष्ट्रघाति परियोजना मार्फत अमेरिकी साम्राज्यवाद आफ्ना नेपाली दलालहरु मार्फत आएको बताउदै राष्ट्रिय स्वाधिनताको लडाइँमा मजदुर वर्ग खरो उत्रन जरुरी भएको बताउँदै मजदुर वर्गको राज्यसत्ता जित्न सम्पूर्ण मजदुर एकताबद्ध हुनुपर्ने बताउनु भयो ।
भेलालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज अशोक शर्माले मजदुरका पेशागत हक अधिकार र सामाजिक सुरक्षाका प्रश्नमा मजदुर आन्दोलनलाई केन्द्रीत गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा जुट्नु पर्ने अनिवार्य आवश्यकतालाई पूरा गर्ने यो सम्मेलन ऐतिहासिक हुन जरुरी भएको बताउनु भयो। महासंघ ३ न. प्रदेश संयोजक कुमार घतानेले मजदुरका सबैखाले समस्यासंग जुध्न सक्ने नेतृत्व चयन गरि पार्टीका संघर्षका नीति कार्यक्रम लागू गर्न सम्मेलन सफल बन्नुपर्ने बताउनु भयो। पार्टी जिल्ला सेक्रेटरी दिनेश बर्ताैला द्वारा मन्तब्य सहित ४ सदस्य पछि थप गर्नेगरि १७ सदस्य जिल्ला समितिको प्यानल पेश गर्नु भयो। जस अनुसार अध्यक्ष अर्जुन न्यौपाने, उपाध्यक्ष दिपक लामा, सचिव सचिता देवकोटा, सह–सचिव अजय बर्ताैला र कोषाध्यक्ष मनिस सापकोटा रहनु भएको छ भने अन्य सदस्यहरुमा कृष्ण विक लगुनाथ लामा, भिम ब्लोन, श्याम लामा, अमर खनाल, शंकर राना, राज कुमार थिङ र सोमलाल थिङ लगायत रहनु भएको छ । नव निर्वाचित समितिलाई देजमो मकवानपुरका अध्यक्ष सद्दाम हुसेन, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य प्रदिप अस्थानी, क्रान्तिकारी युवा लिगका प्रदेश सचिव तथा मकवानपुर जिल्ला अध्यक्ष जितु गोले लगायतले सफल कार्यकालको बधाई तथा शुभकामना दिनु भएको थियो ।