काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठनले त्रिभुवन विश्वविध्यालय परीक्षा नियन्त्रण कार्यालयमा भएको व्यथितिका विरुद्ध पनिकाकै गेटमा विरोध प्रदर्शन गरेको छ । र, अखिल (क्रान्तिकारी)ले पनिकाका सहायक नियन्त्रक महेस ओझा लगायतका पदाधिकारीहरुलाई ध्यानाकर्षण समेत गराएको छ ।
पनिकाको लापरबाही, अनियमितता र व्यथितिका कारण उच्च शिक्षा अध्ययनरत हजारौं विध्यार्थीहरुको भविष्यमाथि खेलबाड हुने गरेको भन्दै विरोध प्रदर्शन गरिएको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले बताउनुभयो ।
पनिकाको गेटमा भएको विरोधसभामा बोल्दै अध्यक्ष गजुरेलले अविलम्ब पनिकाले व्यथितिहरु नहटाए, सेवा चुस्त र विद्यार्थीमैत्री नबनाए परीक्षा नियन्त्रक लगायतका पनिकाका पदाधिकारीहरुमाथि कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।
ध्यानाकर्षणको क्रममा उपनियन्त्रक ओझाले त्रिविमा व्यापक मात्रामा व्यथिति रहेको स्वीकार्दै अब सेवालाई विद्यार्थीमैत्री, चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
विरोध कार्यक्रमको सञ्चालन संगठनका महासचिव पेशल दाहालले गर्नुभएको थियो भने विरोधसभामा अध्यक्ष गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेले विरोध मन्तव्य राख्नुभएको थियो ।