काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३ मा निर्माणधीन सबस्टेशनको काम रोक्न माग गर्दै स्थानीयले आज पनि आन्दोलन गरेका छन् ।

बोजिनीस्थित १९२ रोपनी जग्गामा निर्माण चलिरहेको अपर तामाकोशी विद्युत प्रशारण लाइनको काम रोक्न माग गर्दै छैठौं दिनको आन्दोलन थालिएको हो । सुरक्षा टोलीको घेराउमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले काम अघि बढाएपछि स्थानीयले चर्को नाराबाजी गरेका छन् ।

हार्दिक शुभकामना !

अपर तामाकोशी जलविद्युत पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित लामाको नेतृत्वमा एक दर्जनले ब्यानर बोकेर विरोध जनाएका छन् । हाल सबस्टेशनबाट पश्चिमपट्टी साइडको बाटो सर्भे गर्ने काम शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर