पोखरा, आज पौष ११ गते मंगलबार २६ डिसेम्बर २०२२ का दिन कास्की जिल्लामा कार्यरत क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी) , नेकपा (बहुमत) र नेकपा (मशाल) को संयुक्त आयोजनामा “१३० औं माओ दिवस” ४ नम्बर (गण्डकी) प्रदेशको राजधानी पोखरामा भव्यरुपमा सम्पन्न गरेको छ ।
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य एवंम कास्की जिल्ला इन्चार्ज कमरेड रामजी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथि वक्ताहरु नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य एवंम ४ नम्बर प्रदेश सेक्रेटरी केश बहादुर परियार, नेकपा (बहुमत) का कास्की र स्याङजा जिल्ला इन्चार्ज गोकुल पराजुली, नेकपा (मशाल) का प्रतिनीधि सागर कुवँर, वाम बुद्धिजीवि पूणर् ढुंगाना लगायतका वक्ताहरुले कमरेड माओको जीवनी, उहाँको योगदानको बारेमा र नेपालको वर्तमान राजनीतिक अवस्थाको बारेमा आफ्ना विचारहरु राख्नु भएको थियो । नेकपा (मशाल) का कास्की जिल्ला प्रवक्ता बिक्रम थापाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको सञ्चालन नेकपा (बहुमत) का कास्की जिल्ला सेक्रेटरी बद्री अधिकारीले गर्नु भएको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर