चावहिलको निर्वाचन बहिस्कार कोणसभामा प्रहरी हस्तक्षेप, क्रान्तिकारी माओवादीकी नेतृ शारदा महतसहित ६ जना गिरफ्तार

चावहिलको निर्वाचन बहिस्कार कोणसभामा प्रहरी हस्तक्षेप, क्रान्तिकारी माओवादीकी नेतृ शारदा महतसहित ६ जना गिरफ्तार

काठमाडौं नेकपा (क्रान्तिकारी माओवादी)ले आज चावहिल चोकमा आयोजना गरेको निर्वाचन बहिस्कार कोणसभामाथि प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्ण रुपमा गरिएको कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महत, पार्टी केस शिव श्रेष्ठ, जिल्ला नेताहरु ठोगप्रसाद अधिकारी, शेखर आचार्य, मिनकुमार मगर, सपना श्रेष्ठ, कमला चन्दलाई गिरफ्तार गरेको छ । उहाँहरुलाई गौशलाको प्रहरी कार्यालयमा राखिएको छ ।     

नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौं जिल्ला समितिले आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै गरेको अवसस्थामा नेतृ महतसहित नेताहरुलाई लछारपछार पारी गिरफ्तार गरेको थियो । प्रहरी कार्यक्रममा प्रयोग भएका साउन्ड बक्स, झण्डा, व्यानरसमेत कब्जा गरी लगेको छ ।
शान्तिपूर्ण रुपमा गरिएको कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरी नेता कार्यकर्तालाई गिरफ्तार गरेपछि नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंका सेक्रेटरी प्रकाशले कडा शब्दमा प्रहरी दमनको विरोध एवम् भत्र्सना गर्दै गिरफ्तार नेता कार्यकर्ताहरुलाई बिनाशर्त अविलम्ब रिहाइ गर्न जोडदार रुपमा माग गर्नुभएको छ ।