कार्तिक १५ झापा ।
नेकपा(क्रान्तिकारी माओवादी) ले कथित संसदीय निर्वाचनका विरुद्ध देशैभरी आन्दोलित बनेको छ । दलाल पँुजीवादीहरुको रक्षक शेरबहादुर देउवा नेतृत्वको सरकारले आसन्न मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्ने तयारी गरिरहेको छ । नेकपा(क्रान्तिकारी माओवादी)ले नेपालमा संसदीय व्यवस्थाको औचित्य समाप्त भएको र संघीय जनगणतन्त्र आवश्यक रहेको भन्दै आसन्न निर्वाचनको चर्को विरोध गर्दै आएको छ ।
निर्वाचन बहिष्कारको अर्थ र औचित्य जनतालाई बुझाउन प्रचारात्मक बहिष्कारलाई तिब्र रुपमा अगाडि बढाएको नेकपा(क्रान्तिकारी माओवादी)ले मंगलबार झापा जिल्लाको विर्तामोड नगरपालिकाको मुख्य बजारमा कोणसभा सम्पन्न गरेको छ । उक्त कोण कोणसभा लाई नेकपा(क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य तथा प्रदेश इन्चार्ज दिनेश शर्माले सम्बोधन गर्नु भएको छ । उहाँले संसदीय व्यवस्थाले मजदुर ,किसान सुकुम्बासी,दलित ,महिला ,राष्ट्रिय पँुजीपति वर्ग कसैको पनि हित नगर्ने बताउदै नेपालमा संसदीय व्यवस्था फेल भैसकेको बताउनु भयो । उहाँले हरेक नेपाली नागरिकलाई खान ,बस्न ,लाउन , शिक्षा ,स्वास्थ्य र रोजगारीको ज्ञारेण्टी गर्नका लागि संघीय जनगणतन्त्र आवश्यक रहेको स्पष्ट पार्नु भयो । शर्माले हरेक नागरिक सचेत हुने बेला आएको भन्दै देश बेच्ने दलालहरुलाई मंसिर ४ को कथित निर्वाचनमा भोट नदिन आग्रह गर्नु भयो ।
सोहि कोणसभाको संचालन नेकपा(क्रान्तिकारी माओवादी) का झापा जिल्ला सेक्रेटरी हरि गौतमले गर्नु भएको थियो । कोणसभापछि विर्तामोड नगरपालिकको विभिन्न चौक तथा बस्तीहरुमा निर्वाचन बहिष्कार गरौँ भन्ने नारा लेखिएका हजारौँ पोष्टर टाँसेको जानकारी गराउनु भयो । उहाँले पोष्टर टाँस्ने र जनताका घरघरमा पुगेर पर्चा वितरण गर्ने काम गरेको बताउदै झापा जिल्लाभारी उक्त अभियान संचालन गर्ने जानकारी दिनु भयो ।