नवलपरासी – नेकपा(क्रान्तिकारी माओवादी)ले पश्चिम नवलपरासीको सदरमुकाम परासी सहित १२ स्थानमा कोणसभाको आयोजना गरेर प्रतिक्रियावादी राज्य सत्ता र दलाल संसदीय ब्यवस्थाको भण्डाफोर गरेको छ ।

मंगलवार नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो । परासीमा आयोजित कोणसभामा पार्टीका पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपानेले वर्तमान सत्ता र ब्यवस्थाको बिकल्पमा संघीय जनगणतान्त्रिक ब्यवस्थाका लागि संर्घष आवश्यक रहेको बताउनुभयो ।

हार्दिक शुभकामना !

पार्टीका लुम्बिनी प्रदेश सचिव समेत रहनुभएका न्यौपानेले दलाल संसदीय ब्यवस्थालाई ढालेर संघीय जनगणतन्त्र स्थापनाको पूर्व तयारी स्वरुप पार्टीले संसदीय निर्वाचन बहिष्कार गरेको उल्लेख गर्नुभयो । उक्त कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य मनोज थापाले गर्नुभएको थियो ।
त्यस्तै सुस्ता –२ कुडियामा आयोजित कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले निर्वाचनका नाममा गाउँ गाउँमा मिटर ब्याज तथा लघुबित्तका संरक्षकहरु आएकोले यस पटकको निर्वाचनमा ती दलालहरुलाई भोट नभई चोट दिनुपर्ने बताउनुभयो ।
सुस्ता – १ बरुवामा आयोजित कोणसभामा पार्टीका प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेलले एमसीसी पास गर्ने दलालहरुलाई मत दिएर राष्ट्रघाती जनघातीहरुको मतियार बन्न नहुनेमा जोड दिनुभयो ।
बर्दघाट–१६ मा आयोजित कोणसभामा देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष चुडामणी भण्डारीले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा संर्घष उठाउन आवश्यक रहेको बताउदै त्यसका लागि मोर्चाले निर्वाचन बहिष्कार घोषणा गरेको जानकारी गराउनुभयो ।


क्रान्तिकारी माओवादीले बर्दघाट–१६ को सिद्धनगर, बर्दघाट–१२ को जमुनिया, भटौलिया, सुस्ताको वरुवा,महलवारी, कुडिया, फेनहरा,प्रतापपुरको बेलाटारी,सेमरी,गोपीगंज,परासी र मन्झरियामा कोण सभा गरेको हो ।
यसैबीच जमुनिया, भटौलिया र मन्झरियाको कोणसभामा पार्टीका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेलले सम्बोधन गर्नुभएको थियो ।
बहिष्कार अभियानको क्रममा क्रान्तिकारी माओवादीले ब्यापक रुपमा पर्चा वितरण तथा पोस्टरिङ समेत गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर