प्रा.डा.ओम गुरुङको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि कार्तिक ३ गते विहान ८ देखि ९ बजेसम्म पार्टी कार्यालय कुपन्डोलमा राखिने

प्रा.डा.ओम गुरुङको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि कार्तिक ३ गते विहान ८ देखि ९ बजेसम्म पार्टी कार्यालय कुपन्डोलमा राखिने

कार्तिक १ काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार समितिका संयोजक प्रा.डा.ओम गुरुङको पार्थिव शरीरलाई कार्तिक ३ गते विहान ८ बजे देखि ९ बजेसम्म श्रद्धान्जलीका लागि पार्टी कार्यालय कुपन्डोलमा राख्ने निर्णय गरिएको जानकारी पार्टी कार्यालयबाट प्राप्त भएको छ ।
असोज ३१ गते दिनको १:४५ बजे उहाँको उपचारकै क्रममा निधन भएको थियो । उहाँका छोरा र छोरी विदेशबाट आइपुग्न समय लाग्ने भएकाले उहाँको शवलाई हाल पाटन अस्पत्तालको शवगृहमा राखिएको छ ।
उहाँको शवलाई कार्तिक ३ गते विहान पार्टी कार्यालयमा श्रद्धान्जलीपछि उहाँको निवास कीतिपुर लैजाने कार्यक्रम छ । उहाँको अन्तिम दाहासंसकार काठमान्डौको स्वयम्भुमा गरिने भएको छ ।
प्रा.डा.ओम गुरुङ नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँ नेपालको आदिवासी जनजाति आन्दोलनका एक जना स्थापित नेता थियो ।