सर्लाही । संसदीय निर्वाचन बहिष्कारका लागि नेकपा (क्रान्तिकारी माओवादी) सहित चार वामपन्थी को चुनाव बहिष्कार /अवज्ञासभा भव्यतापूर्वक सम्पन्न भएको छ ।


सर्लाहीको हरिवनमा आइतबार चार वामपन्थी दलद्वारा आयोजित अवज्ञा/बहिष्कार सभामा सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले यो चुनावले जनतामा महँगी, भ्रष्टाचार, कालोबजारी मौलाउने, देशमा अशान्ति मात्र हुने र देश श्रीलङ्का बन्ने खतरामा रहेको बताउनु भयो । नागरिकता विधेयककै कारण देशमा सिक्किमीकरण र फिजीकरण बढ्ने खतरा रहेको र त्यो विधेयक प्रमाणीकरण हुनबाट रोकेर सही काम भएको उहँको भनाइ थियो ।
उक्त सभालाई सम्वोधन गर्दैनेकपा (बहुमत) का संयोजक कञ्चनले संसदीय प्रणालीको चुनावमा भाग लिएर जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु रहेको बताउनु भएको छ ।

हार्दिक शुभकामना !


कार्यक्रममा माओवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संयोजक रोशन रानाले पनि बोल्नु भएको थियो । सहिद परिवारका तर्फबाट महान् सहिद कुमार पौडेलका बुबा खिलकराज पौडेलको आतिथ्य रहेको सो कार्यक्रममा अन्य अतिथिका रूपमा नेकपा (क्रान्तिकारी माओवादी) मधेस प्रदेश ब्युरो इन्चार्ज कृष्णदेव दनुवार, नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सदस्य आजादआदिको उपस्थित थियो ।
चुनाव बहिष्कार/अवज्ञा सभाको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी)को सर्लाही जिल्ला इन्चार्ज सन्ध्याले गर्नु भएको थियो । स्वागत मन्तव्य रोशन राना र सञ्चालन नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माणले गर्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर