नेपालको शिक्षा सुधारका लागि २००७ देखि २०२८ सालसम्म आउँदा शिक्षा क्षेत्रमा व्यापक परिवर्तन गर्ने उद्देश्यका साथ शिक्षा ऐन २०२८ जारी गरियो । त्यसपछि शिक्षा क्षेत्रमा व्यापक उथलपुथल भएको थियो । शैक्षिक क्षेत्रमा केही नयाँ आयाम थपिएको थियोे । यद्यपि त्यो शिक्षा नीति तत्कालीन राज्यब्यबस्थाको भक्तिभाव गर्ने कुनै ब्यक्तिलाई ईश्वरको अबतारका रूपमा स्थापित गरी सामन्तवादी संस्कृतिलाई जोगाइराख्ने यथास्थितिवादी शिक्षा नीति रह्यो । त्यही सामन्तवादी संस्कृती शिक्षा नीतिको जगमा पेशागत रूपमा शिक्षकहरू एकताबद्ध भई २०३६ र २०४२ को शैक्षिक हडताल भएको थियो ।

२०४१÷०४२ तिर शिक्षक आन्दोलन चलेको समयमा म गुरुजजुर निमाबि रक्षाचौरमा अध्ययन गर्न पुगेको थिएँ । त्यस विद्यालयमा तत्कालीन शिक्षकहरू कीर्तिबहादुर खडका र कर्णबहादुर खडका लगाएतका सरहरूले हातको पाखुरामा कालो पट्टी बाँधेर पढाउनु भएको थियो । म त्यतिबेलासम्म राजनीतिक रूपमा पूर्ण सचेत भइसकेको थिइन । यद्यपि म आफुलाई कम्युनिस्ट भन्न रुचाउँथे भने मेरो बिद्यार्थी सङ्गठन अखिल हो भन्ने मात्रै जानकारी थियो । त्यो भन्दा बढी मलाई राजनीति त्यत्ति थाहा थिएन । त्यसताका मेरो घनिष्ठ साथी हिरामणी दुःखी कम्युनिस्ट पार्टीमा जोडिएको र बिद्यार्थी सङ्गठनको सदस्यता गुल्मीको ईस्मा गाउँ पालिकामा रहनु भएका उहाँका दाजु धर्मराज पराजुलीबाट अखिलको सदस्यता लिएका थियौं । त्यही घटना नै मेरो पहिलो राजनीतिक जिवनको पहिलो गुरु दुःखी हुनुहुन्थ्यो भने सङ्गठनको हिसाबले धर्मराज पराजुली । प्रगतिशील पुस्तक अध्ययनका लागि तत्कालीन राप्ती समाचारका सम्पादक रामप्रसाद प्रदिप र भूवन देवकोटा । उहाँहरूबाट लिएको मोदनाथ प्रश्रित लिखित ‘चोर’ नानी उपन्यास अध्ययन नै मेरो पहिलो पुस्तक थियोे । तत्काल शैक्षिक आम हडतालबाट म प्रभावित भएको थिएँ । त्यो आन्दोलनका बारेमा तत्कालीन शिक्षक कीर्तिबहादुर खड्काले शैक्षिक हड्तालका बिषयमा मलाई प्रष्टसँग बुझ्नेगरी प्रशिक्षण दिनुभएको थियो । त्यो प्रशिक्षण नै मेरो जिवनको पहिलो राजनीतिक प्रशिक्षण थियो । त्यही प्रशिक्षणबाट म पनि शिक्षक बन्छु र समाजसेवामा जीवन बिताउने शिक्षक बनेर पिछडिएको गाउँबस्तीमा पुग्ने अठोट गरेको थिएँ । त्यस समयमा म कक्षा नौ मा पढदै थिएँ । पढ्दापढ्दै दुई बर्ष घरबाट भागेर दक्षिण भारत पुगेर दुःखकष्ट भोग्दै दुई बर्षको ब्रेकपछि म गुरुजजुर स्कुलको बिद्यार्थी हुन पुगेको थिएँ ।

हार्दिक शुभकामना !

२०४४ सालतिर हामी युवा जोस–जाँगर र हिम्मत भएका थियाँै । तत्कालीन अवस्थामा विद्यालयमा भए गरेका कमजोरी, आर्थिक अनियमितता, मा.वि.तहमा अयोग्य शिक्षक नियुक्तिको विरोध, पठनपाठन अस्तव्यस्त लगायतका शैक्षिक विकृतिहरू सुधारका लागि विद्यालय प्रशासनसँग हामीले माग राख्यौँ । विद्यालय प्रशासनले हाम्रो जायज माग सुनेन । उल्टै हामीलाई धम्क्याउन थाल्यो । त्यसपछि हामीले तत्कालीन राप्ती समाचार साप्ताहिकमा ती विषय समेटेर समाचार छपायौँ । समाचारको व्यहोरा दुःखीजीले लेख्नुभएको थियो तर त्यसमा हामी अखिलमा सङ्गठित भएका सबै साथीहरुको सहमती थियो । जसमा दुःखी, लोकमणि, डिल्लिजङ, सुरेन्द्र र मलगायत थियौँ । त्यो समाचारले विद्यालयमा निकै हङ्गामा मच्चायो । हामीलाई अफिसमा लगेर बयान लिने, राजनीति गर्न थालेका छौ भन्दै धम्क्याउने, कुट्ने पिट्नेसम्मका धम्की दिइयो, र खाद्रेमा गुण्डाहरु लगाएर हामी दुईजनालाई रक्षाचौरका शिक्षक प्रशासनले कुटाए पनि । त्यसपछि दश कक्षाको टेष्ट परीक्षाको मुखमा आएर हामी दुई (दुःखी र म)ले त्यस विद्यालय छोड्न बाध्य भयौँ । जनश्रम मा.वि. खाद्रेमा कक्षा दशमा भर्ना भयौं र त्यहीँबाट हामी दुईजना २०४४ सालमा एसएलसी पास भयौं । यता मा.वि. रक्षाचौर भने एसएलसीमा पुनः नील (शून्य) भयो । दुःखी जी उच्च शिक्षाका लागि महेन्द्र बहुमुखी क्याम्पस भरतपुर घोराहीतिर जानुभयो । मेरो घरको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा मा.वि. अस्वारामा पढाउन भर्ना भई पेशागत रूपमा शिक्षक नियुक्ति भएँ ।

हामी तत्कालीन ब्यवस्था बिरोधी भएको कारणले राजामहाराजाहरूको जन्म दिनहरूमा म अनुस्थित हुने भएकोले मेरो जागिर पनि त्यहीँ धरापमा प¥यो । २०४५ सालको शिक्षा आयोगबाट सफल भई २०४६ असार महिनादेखि जनसेवा प्राथमिक विद्यालय कोल गोलखाडा, रुकुममा स्थायी नियुक्ति भई पुनः शिक्षण पेशामा जोडिएँ । यसरी करिव बाईस बर्स छ महिना अठार दिनसम्म शिक्षण पेसामा रहेर २०६८ पुस महिनामा स्वेच्छिक अबकाश लिएको छु ।

मेरो बाईस बर्से शिक्षण अबधिमा शैक्षिक क्षेत्रमा खासै उल्लेखनीय प्रगति देखिन । यो बाईस बर्समा राजनीतिक रूपमा चार चरण पार गरियो । १) पञ्चायत काल, २) बहुदलीय ब्यबस्था काल, ३) जनयुद्ध काल र ४) गणतन्त्र काल । यो चार चरणमा राजनीतिक उथलपुथल भयो तर शैक्षिक उथलपुथल हुन सकेन । यथास्थितिवादी स्तुतिवादी बेरोजगार उत्पादन गर्ने केन्द्रका रूपमा हाम्रो शिक्षा नीति अहिलेसम्म रहेको छ । जनयुद्धकालीन अवस्थामा हामीले बैज्ञानिक शिक्षा भनेर उफ्रियाँै । हाम्रा नेताहरूले हामीलाई सडकमा उफारे, तर उनै नेताहरू सिंहदरबार पसेपछि सिंहदरबारका बफादार पाले बनेर उतै दासत्वमा रम्न बानी परे र शिक्षालाई निजीकरण गर्ने गराउने तर्फ जोड दिई सामुदायिक विद्यालय ध्वस्त पार्ने काम गरे । शैक्षिक माफियामा रूपान्तरण भए । ठुलाठुला महङ्गो निजी विद्यालयमा छोराछोरी नाति–नातिना भर्ना गराउने र ती विद्यालयको शेयर लिने काम गरे । जसले बैज्ञानिक तथा ब्यवहारिक शिक्षाका नारा बोकेर कुर्सीमा पुगे उनै निजीकरण गराउने असली ठेकेदार बने । यति मात्रै नभएर सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरू समेत निजी विद्यालयको शेयर सदस्य बनेका छन् र सामुदायिक विद्यालय ध्वस्त पार्न आफ्नो स्वार्थको राजनीतिक अखाडा बनाउन लागिपरेका छन् । अहिलेको शिक्षा भनेको त बेरोजगार उत्पादन गर्ने र सामुदायिक विद्यालयबाट उत्पादन भएको जनशक्ति खाडी, मलेशिया, भारत तथा निजी विद्यालयबाट उत्पादन भएको जनशक्ति अष्ट्रेलिया, युरोप र अमेरिकाका लागि निकासी गर्ने बस्तुको रूपमा रूपान्तरण भयो हाम्रो शिक्षानीति ।

अहिले पनि म त्यही दिन सम्झन्छु २०४०÷०४१ साल तिर कीर्तिबहादुर खड्का र कर्णबहादुर खड्का जस्ता हजारौं हजार शिक्षकहरूले उठाउनु भएको माग । न त अहिलेसम्मको राज्यब्यवस्थाले ती माग पूरा ग¥यो न त यही ब्यवस्थामा भोलीका सरकारले गर्नेछन् ।

म पनि शिक्षण पेशामा रहँदा २०४०÷०४१ को एजेन्डा उठाएर आन्दोलनमा होमिएको थिएँ । मैले शिक्षण पेशा छोडेको पनि दस बर्स बितेको छ । तर पनि शिक्षा र शिक्षकका अवस्था त्यही २०४०÷०४१ भन्दा अगाडि जान सकिरहेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर