सामयिकी

म कुनै राजनीतिज्ञ पनि होइन । न त म कुनै संसदीय पार्टीको कार्यकर्ता । यसो भन्दैमा पार्टीका कुराहरूमा किन चासो ? यस्तो गैरजिम्मेवार कुरा यदाकदा सुन्न पाइन्छ । यस्ता प्रश्न गर्नु गैरजिम्मेवारी कुरा हुन् । कुनै पार्टीसँग त सरोकार हुँदैन तर पार्टीले उठाउने उमेदवार भने अवश्य सरोकारका विषय हुन् । पार्टीले कस्ता उमेदवारलाई टिकट दिन्छ ? त्यो आम नागरिकको सरोकारको विषय अवश्य हो । तिनै उमेदवार चुनाव जितिसकेपछि जनप्रतिनिधि बनेर सरकारमा जाने हुन् र देश तिनैले चलाउने हुन् । यसकारण हरेक पार्टीले उमेदवार उठाउने बेलामा असल उमेदवारलाई टिकट देउन् । यो समग्र जनताको आसा हो । तसर्थ पार्टीसँग आवद्ध नहुनेले पनि उमेदवार ठिक देऊ है भनेर पार्टीहरूलाई खबरदारी गर्नु पर्ने हुन्छ । सबै पार्टीबाट उस्तै खराब उमेदवार उठाउने अनि जितेर गएका उमेदवारले विदेशबाट परिचालित नेताहरूको निर्णयमा ल्याप्चे ठोक्ने गरेका कारण देशकै अहित हुने स्वाधीनता नै गुम्नेसम्मका सन्धी सम्झौता पास भएका छन् । अर्कोतिर पार्टीप्रति जनताको विश्वास गुम्दै गएको छ । पार्टीमा असल मान्छेहरूले स्थान नपाउने पैसावाला, दलालहरूले पार्टीहरू कब्जा गर्दै गएपछि नयाँ र जोसिलो पुस्ता निकासको खोजीमा भौतारिँदै अन्धाधुन्ध विकल्प खोजिरहेका छन् । यो अवस्थामा पार्टीहरू सचेत भएनन् भने गणतन्त्रले अरू थप सामना गर्नुपर्ने छ । अहिले पार्टीप्रति जनताको वितृष्णा छ त्यसले दुई खतरा निम्त्याएको छ । राजनीति गर्न खोजेका नेपाली युवा विदेशी शक्तिबाट परिचालित हुने खतरा र अर्को पुरातनवादी पश्चगमनबाट परिचालित हुने खतरा ।

हार्दिक शुभकामना !

अहिले त्यो लक्षण देखिँदैछ । यो दलाल पुँजीवादी गणतन्त्र हो । यो कुरा सर्वविदित छँदैछ । यो व्यवस्थाले यो देश समृद्ध त बन्दैन न त समाजवादको स्थापना नै हुन्छ । यसको विकल्पमा नयाँ विकल्प खोज्नुको साटो पुरानै संसारमा फर्कन कतिपय मान्छे तयार छन् । यो स्वभाविक पनि हो । जब अगाडिको बाटो देखिँदैन मान्छे अलिकति पछाडि त फर्कन्छ नै । तर यसरी पछाडि फर्कनु पनि त समस्या समाधान होइन । आखिर अगाडि त बढ्नु नै छ भने पछाडि फर्कनु पनि स्थायी समाधान होइन । यसैले देशलाई अग्रगमनबाटै निकास दिने हो भने अगाडिको खोजी गरौँ । विगतकै कमजोरीको परिणाम हामीले भोगिरहेका छौँ ।

यो व्यवस्था जनताको पक्षमा छैन । ठुला भनेका दलहरू यसलाई बदल्ने पक्षमा पनि छैनन् । यो व्यवस्था नै संसदीय दलहरूको उत्कृष्ट व्यवस्था हो । यो प्रचार उनीहरू नै फलाकिरहेका छन् । तर यो प्रचार पटक पटक सरकारमा पुगेर सत्तामा रहेर मोज गरेकाहरूको मात्र जनताले त यसको विकल्प खोजिरहेका छन् । विकल्प भेटाउन नसकेर कैले यो त कैले त्यो भनेर भौतारिरहेका छन् । त्यही खोजीकै क्रममा बालेन र हर्कलाई जनताले विश्वास गर्न पुगेका छन् । बालेन र हर्कको एकदुई ओटा काममै जनता मोहित हुन पुगेका छन् । यसबाट थाहा हुन्छ कि वास्तवमा नयाँ पिँढी नयाँ निकास खोज्न कति आतुर छ । यो घटनाको मनोविज्ञान सूक्ष्म अध्ययन ग¥यो भने व्यवस्थाकै समस्याको परिणाम हो भन्ने निस्कर्ष निस्कन्छ । अहिले देश चलाउँदै गरेका नेता अत्यन्तै ठुलो सङ्घर्ष गरेर आएका नेता हुन् । देशमा ठुला ठुला राजनैतिक परिवर्तन पनि गरे तर यिनीहरू दलाल पुँजिवादी चङ्गुलमा यसरी फसे कि उम्कन गाह्रो छ । यिनीहरू दलाल पुँजिवादी सञ्जालको दलदलबाट अब निस्कन्छन् र देशलाई उतार्छन् भनेर आस गर्नु बेकारजस्तै हो ।

दलहरूको यो अवस्थाको व्यवस्था र जनताहरूको दलप्रतिको वितृष्णालाई हेर्दा यो व्यवस्थाको आयु अब त्यति लामो छैन । जनता निकासको खोजीमा भौतारिइरहेको अवस्था छ । यहाँ अब सशक्त नयाँ मौलिक विचार बोकेको नेतृत्वको खाँचो छ । विद्रोको बादल उठेको छ । पानी परेर भेल उर्लन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर