(गौरी लङ्केशले यो रिपोर्ट मूल रूपमा अङ्ग्रेजीमा लेखेकी थिइन्, जुन रिपोर्ट वेब पोर्टल बैंगलोर मिररमा २९ फरवरी, २०१६ मा प्रकाशित भएको थियो । अङ्ग्रेजीबाट हिन्दीमा अनुवाद हिमांशु कुमारले गरेका थिए । हिन्दीबाट नेपाली अनुवाद बलराम तिमल्सिनाले गर्नुभएको थियो । यतिबेला यो सान्दर्भिक लागेर मूलबाटो अनलाइनमा प्रकाशित गरेका छौँ– सं.)

एक जना दैत्य अथवा महान् उदार द्रविड़ शासक, जसले आफ्ना जनताको लुटेरा–हत्यारा आर्यहरूबाट रक्षा गरे । महिषासुर यस्ता व्यक्तित्वको नाम हो, जसले सहजै आफूतिर मानिसहरूको ध्यान तान्छ । उनैको नामबाट मैसूर नाम बनेको हो । यद्यपि हिन्दू मिथकले उनलाई दैत्यका रूपमा चित्रित गर्दछ, चामुण्डीद्वारा उनको हत्यालाई उचित मान्दछ, तर लोकगाथाहरूले त्यसको ठिक ओरक कथा भन्दछन् । यहाँसम्म कि बी.आर.अम्बेडकर तथा ज्वोति राव फूले जस्ता क्रान्तिकारी चिन्तक पनि महिषासुरलाई एक जना महान् उदार द्रविडियन शासकका रूपमा हेर्दछन्, जसले लुटेरा–हत्यारा आर्यहरू (सुरहरू) बाट आफ्ना मानिसहरूको रक्षा गरे ।

हार्दिक शुभकामना !

इतिहासकार विजय महेश भन्दछन् कि ‘माही’ शब्दको अर्थ एउटा यस्तो व्यक्ति हुन्छ, जो संसारमा ‘शान्ति कायम गर्छ । अधिकाङ्श देशज राजाहरू जस्तै महिषासुर विद्वान र शक्तिशाली राजा मात्र थिएनन्, बरू उनीसँग १७७ जना बुद्धिमान सलाहकार थिए । उनको राज्य प्राकृतिक सन्साधनहरूले भरिपूर्ण थियो । उनको राज्यमा होम या यज्ञ जस्ता विध्वंसक धार्मिक अनुष्ठानहरूका लागि कुनै स्थान थिएन । कसैले पनि आफ्नो खाना, आनन्द या धार्मिक अनुष्ठानका लागि जथाभावी तरिकाले अन्धाधुन्ध जनावरहरूलाई मार्न पाउँदैनथ्यो । सबैभन्दा ठूलो कुरा यो थियो कि उनको राज्यमा कसैलाई लापर्बाही तरिकाले प्राणीलाई काट्ने अनुमती थिएन । उनको राज्यमा आफूखुसी तरिकाले कसैले पनि रुख समेत काट्न पाउँदैनथ्यो । रुख काट्नबाट रोक्नको लागि उनले थुप्रै मानिसहरूलाई नियुक्त गरेर राखेका थिए । विजय दावा गर्दछन् कि महिषासुरका मानिसहरू धातुको ढलाईको प्रविधिका विशेषज्ञ थिए । यस्तै खाले विचार एक जना अर्का इतिहासकार एम.एल. शेन्दज प्रकट गर्दछन् । उनको भनाई छ कि ‘इतिहासकार विन्सेन्ट ए स्मिथ आफ्नो इतिहास ग्रन्थमा भन्दछन् कि भारतमा ताम्र–युग तथा प्राग ऐतिहासिक कांस्य युगमा औजारहरूको प्रयोग हुने गर्दथ्यो । महिषासुरको समयमा पूरै देशबाट मानिसहरू, उनको राज्यमा हतियार किन्न आउने गर्दथे । ती हतियार धेरै उच्च गुणस्तरीय धातुहरूबाट बनेका हुने गर्दथे ।

लोककथाहरूका अनुसार महिषासुर विभिन्न वनस्पतिहरू तथा रुखहरूको औषधि सम्बधी गुणहरू जान्दथे तथा उनी ब्यक्तिगत हिसाबले त्यसको प्रयोग आफ्ना मानिसहरूको स्वास्थ्यको लागि गर्दथे ।

किन र कसरी यति राम्रा र गजबका राजालाई खलनायक बनाइदिइयो ?

यस सब्दर्भमा सबाल्टर्न संस्कृतिका लेखक तथा शोधकर्ता योगेश मास्टर भन्दछन् ‘यो कुरालाई बुझ्नको लागि सुर तथा असुरहरूको संस्कृतिका बीचको सङ्घर्षलाई सम्झनु पर्दछ’ । उनी भन्दछन् ‘जस्तो सबैलाई थाहा छ कि असुरहरूको महिषा राज्यमा धेरै ठूलो सङ्ख्यामा भैंसी थिए । आर्यहरूकी चामुण्डीको सम्बन्ध मूल धन गाई हुनेहरूसँग थियो । जब यी दुई संस्कृतिहरू बीच सङ्घर्ष भयो, त्यसपछि महिषासुरको पराजय भयो र त्यहाँ रहेका मानिसहरूलाई यस क्षेत्रबाट लखेटियो’ ।

कर्नाटकमा महिषासुरको मात्र शासन नभएर, बरू यस राज्यमा अन्य धेरै असुर पनि शासक थिए । त्यसको व्याख्या गर्दै विजय भन्दछन् – ‘सन् ज्ञढद्दट मा मैसूर विश्वविद्यालयले इन्डियन इकोनामिक कन्फ्रेन्सका लागि एउटा पुस्तिका प्रकाशित गरेको थियो, जसमा भनिएको थियो कर्नाटक राज्यमा असुर मुखियाहरूका धेरै गढहरू थिए’ । उदाहरणका लागि गुहासुर आफ्नो राजधानी हरिहरमा राज्य गर्दथे । हिडिम्बासुर चित्रदूर्ग तथा त्यसको आसपासको क्षेत्रमा शासन गर्दथे । बकासुर रामानगरका राजा थिए । यो त सबैलाई थाहै छ – महिषासुर मैसूरका राजा थिए ।

यी सारा तथ्यहरूले यो कुरा भन्दछन् कि आर्यहरूको आगमन भन्दा पहिले यो पूरै क्षेत्रमा देशज असुरहरूको राज थियो । “आर्यहरूले उनीहरूका राज्यमाथि कब्जा गरे’ ।

मैसूरमा महिषासुर दिवसमा आयोजित सेमिनारमा लेखकहरूले उनलाई वौद्ध राजा हुन् भने अनि उनको अपमानको बिरोध गरे । अम्बेडकरले पनि ब्राह्मणवादी मिथकहरूको चित्रणको जोडदार खण्डन गर्दै असुर दैत्य थिए भने । अम्बेडकरले आफ्नो एउटा निबन्धमा यो कुरामा जोड दिएका छन् कि महाभारत तथा रामायणमा असुरहरूलाई उनीहरू मानव समाजका सदस्य समेत थिएनन् भनेर चित्रित गर्नु गलत थियो भनेर भने । असुरहरू मानव समाजका नै सदस्य थिए । अम्बेडकर ब्राह्मणहरूको उनीहरूले आफ्ना देवताहरूलाई दयनीय तथा कायरका रूपमा प्रस्तुत गरेका छन् भनेर खिल्ली उडाउँछन् । उनी भन्दछन् – ‘हिन्दूहरूका सारा मिथकहरूले यही कुरा भन्दछन् कि असुरहरूको हत्या विष्णु या शिवद्वारा होइन बरू देवीहरूले गरेका थिए’ । यदि दूर्गा (या कर्नाटकका सन्दर्भमा चामुण्डी) ले महिषासुरको हत्या गरिन् भने कालीले नरकासुरलाई मारिन् । जब कि शुम्भ तथा निशुम्भ असुर दाजु भाइको हत्या दूर्गाको हातबाट भयो । वाणासुरलाई कन्याकुमारीले मारिन् । एक जना अन्य असुर रक्तबीजको हत्या देवी शक्तिले गरिन् ।

अम्बेडकर तिरस्कारका साथ भन्दछन् ‘यस्तो लाग्दछ कि भगवान पक्ष असुरहरूको हातबाट स्वयम् आफ्नो रक्षा गर्न सक्दैनथे, त्यसपछि, तिनीहरूले आफ्ना स्वास्नीहरूलाई, आफूहरूलाई बचाउनका लागि पठाइदिए’ । आखिर त्यस्तो के कारण थियो, अनि सुरहरू(देवताहरू)ले सँधै असुर राजाहरूको हत्या गर्न आफ्ना महिलाहरूलाई पठाए ? त्यस कुराको कारण बारे ब्याख्या गर्दै बिजय भन्दछन्– ‘असुर राजाहरू महिलाहरूका बिरूद्ध आफ्ना हतियार कहिलै उठाउँदैनन् भन्ने कुरा देवताहरूलाई राम्रोसँग थाहा थियो’ । ती मध्ये धेरै जसो महिलाहरूले असुर राजाहरूको हत्या जालझेल पूर्वक गरे । आफ्नो लाजलाई छोप्नका लागि भगवानका ती हत्यारा स्वास्नीहरूका दश वटा हातहरू तथा अद्भूत अद्भूत हतियारहरू आदिको कहानी रचियो ।

नाटक–नौटङ्कीका लागि राम्रा, असम्भवझैं लाग्ने खाले ती कहानीहरूबाट थोरै पर बसेर हामी ब्राम्हणवादी वर्गका मानिसहरूले कसरी देशज मानिसहरूको इतिहासलाई तोडमोड गरे भनेर त्यो वास्तविकतालाई हेर्न सक्छौं ।

इतिहासलाई यस प्रकारले तोडमोड गर्नुको उद्देश्य आफ्नो स्वार्थ पूर्ती गर्नु थियो । महिष–दशहरामा मोटरसाइकल ¥याली हुने गर्दछ । बङ्गाल या झारखण्डमा मात्र होइन, मैसूरको आसपास पनि केही यस्ता समुदाय बस्दछन्, जो चामुण्डीलाई उनीहरूका महान् तथा उदार राजाको हत्याको लागि दोषी मान्दछन् । तिनीहरू मध्ये केही दशहराको समयमा महिषासुरको आत्माका लागि प्रार्थना गर्दछन् । जस्तो चामुण्डेश्वरी मन्दिरका मुख्य पूजारी श्रीनिवासले मसँग भने कि ‘तमिलनाडुबाट केही मानिसहरू वर्षको दुई पटक आउँछन् र महिषासुरको मूर्तिको आराधना गर्दछन्’ ।

बितेका दुई वर्षदेखि असुर पूरै देशमा आक्रोशको मुद्दा बनिरहेको छ । पश्चिम बङ्गालका आदिवासी मानिसहरू असुर संस्कृतिमाथि विचार–विमर्श गर्न ठूला ठूला बैठक गरिरहेका छन् भने देशका विभिन्न विश्वविद्यालयहरूका क्याम्पसहरूमा असुर विषय–वस्तुका वरिपरि उत्सव आयोजित हुने गरेका छन् । गत वर्ष उस्मानिया विश्विद्यालय तथा काकाटिया विश्वविद्यालयका विद्यार्थीहरूले ‘नरकासुर दिवस’ मनाएका थिए । जेएनयूका विद्यार्थीहरूको महिषासुर उत्सवलाई तात्कालीन मानव संसाधन मन्त्रीले देशव्यापी रूपमा यति लोकप्रिय बनाइदिए कि, म बिस्तारमा त्यतापट्टी गैरहेकी छैन ।

महिषासुर र अन्य असुरहरू प्रति मानिसहरूमा बढ्दो आकर्षणलाई कसरी ब्याख्या गर्ने ?

के मिथकहरू इतिहास हुँदैनन् अनि लोकगाथाहरू हाम्रो अतीतका दस्तावेज हुन सक्दैनन्, यत्ति भनेर पिण्ड छुटाएर बस्ने ? विजय त्यसको सटिक व्याख्या गर्दै भन्दछन्– ‘मनुवादीहरूले बहुजनहरूको समृद्ध सांस्कृतिक इतिहासलाई आफ्नो हिसाबले तोडमोड गरे’ । हामीले इतिहासमा परेको त्यो धूलोमैलोलाई टक्टक्याउनु पर्छ, पौराणिक झूटहरूको पर्दाफाश गर्नु पर्दछ तथा आफ्ना मानिसहरू अनि बच्चाहरूलाई वास्तविकता भनिदिनु पर्दछ । यही एकमात्र बाटो हो, जुन बाटोमा हिँडेर मात्र हामी आफ्नो साँचो इतिहासको दावेदार बन्न सक्दछौँ । महिषासुर तथा अन्य असुरहरू प्रति मानिसहरूको बढ्दो आकर्षणले वास्तवमा त्यही काम भैरहेको छ भनेर भन्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार