२५ अक्टोवर,  अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिनको रुपमा स्थापित गर्न सफल भएको दिन । जुन क्रान्तिले विश्वमा पहिलो पटक सामन्तवाद र साम्राज्यवादको शोषण , दमन र उत्पिडनको जाँतोमुनि पिल्सिएका विश्वका उत्पिडित तथा मुक्तिकामी जनताको लागि वैज्ञानिक समाजवादी मार्गलाई देखाएको थियो ।
१९०५को क्रान्तिको हारपछिको जारको प्रधानमन्त्री, स्टोलिपिनको नेतृत्व अन्तरगतको अवधि अतिनै उत्पीडन र प्रतिकृयाको अवधि थियो । मजदुर वर्गलाई आक्रमणको मुख्य निशाना बनाइएको थियो । ज्याला १० बा १५ प्रतिशतसम्म घटाइएको थियो, र कामको दिनलाई १० बाट १२ घण्टा बढाइएको थियो । मजदुर एक्टीभिष्टहरूको कालो सूँचीको लिष्ट बनाइएको थियो र तिनीहरूलाई काम दिइएको थिएन । मजदुरहरूमाथि दण्ड जरीवानाको प्रणाली लागुगरिएको थियो । संगठित गरिने कुनै प्रयास जारका दलालहरूद्धारा पुलिस र गुण्डाहरूद्धारा जंगली आक्रमणहरू भएका थिए । यस्तो परिस्थितिमा घेरै बुद्धिजीवीहरू र निम्न पुँजीपति तत्वहरूले प्रत्यागमन सुरू गरे र केहीले त शत्रुको क्याम्पमा जोडिने काम गर्न सुरू गरे ।
यो नयाँ परिस्थितिको सामना गर्नका लागि, बोल्सेविकहरूले आक्रमक कार्यनीतिहरू(जस्तै १९०५को सामान्य अवधिका दौरान प्रयोगमा ल्याइएको हडताल र विद्रोहलाई कार्यनीतिहरूमा परिवर्तन गरे । रक्षात्मक कार्यनीतिहरूको अर्थ शक्तिहरूलाई एकसाथ जम्मा गर्ने कार्यनीतिहरू, भूमिगत क्याडरहरूलाई फिर्ता गर्नेे कार्यनीतिहरू र भूमिगतबाट पार्टीको कामलाई खुल्ला लैजाने, अवैधानिक कामलाई मजदुर वर्ग संगठनहरूलाई कानुनी काम मिलाएर लैजाने कार्यनीतिहरू हो । जारशाही विरूद्ध खुल्ला क्रान्तिकारी संघर्षलाई संघर्षको गोलचक्कर तरिकाहरूद्धारा विस्थापित गरियो ।
पार्टीको भूमिगत संगठनहरूका लागि एउटा कभरको रूपमा काम गरीरहेका कानुनी संगठनहरूले र जनताको माससित जोडने कार्यलाई व्यवस्थीत गर्ने एउटा साधनका रूपमा सेवा गरे । जनताको माससित उनीहरूको जोडाइलाई सुरक्षित गर्नका लागि, बोल्सेविकहरूले ट्रेड संगठनहरू र अरू भइरहेका जनताका संगठनहरूजस्तै विरामी भलाई समाजहरू, मजदुरहरूको सहकारी समाजहरू, ल्कबहरू, शैक्षिक समाजहरू र संसदलाई समेतको उपयोग गरे । बोल्सेविकहरूले जारशाही सरकारको नीतिको भण्डाफोर गर्न, उदार पार्टीहरूको भण्डाफोर गर्न, र सर्वहाराको लागि किसानहरूको समर्थन लिन राज्य दुमाको ल्पेटफर्मको उपयोग गरे । अवैधानिक पार्टी संगठहरूको संरक्षणले पार्टीलाई एउटा सही लाइन अगाडि बढाउन र क्रान्तिकोे ज्वारमा एउटा नयाँ उभारका निम्ति तयारीमा शाक्तिहरू एकसाथ जम्मा गर्न सक्षम बनायो ।
यी कार्यनीतिहरू कार्यान्वयनमा बोल्सेविकहरूले आन्दोलनभित्र दुईवटा भड्कावहरू– लिक्युडेटर्स र ओट्जोभिष्ट्सहरू(रेकालिष्ट्हरू)का विरूद्ध संघर्ष सञ्चालन गर्नु पर्‍यो । लिक्युडेटर्स, जो मेन्सेविकहरू थिए, अवैधानिक पार्टी संरचनालाई बन्द गर्न र सरकारको सहमतिसित एउटा कानुनी ‘लेवर’ पार्टी स्थापना गर्न चाहन्थे । रेकालिष्ट्हरू, जो बोल्सेविकहरू मध्येबाटका थिए, दुमाको सबै बोल्सेविक सदस्यहरूलाई र ट्रेड युनियनहरू र संगठनका सबै अन्य कानुनी रूपहरूबाट पनि फिर्ता बोलाउन चाहन्थे । तिनीहरूले संगठनको केबल अवैधानिक रूपमा मात्रै चाहान्थे । कार्यनीतिकहरूका दुवै सेटहरूको परिणाम पार्टीलाई क्रान्तिको एउटा नयाँ पहलका लागि शक्तिहरूलाई एकैठाउँमा एकत्रितगर्नबाट रोक्ने काम भइरहेको थियो । दुवै भड्कावहरूलाई इन्कारगर्दै, बोल्सेविकहरूले दुवै वैधानिक र अवैधानिक तरिकाहरूलाई जोड्ने तरीकाहरूको सही कार्यनीतिहरू उपयोग गरे र घेरै मजदुरका संगठनहरूमा एउटा बलियो उपस्थिति प्राप्त गरे । यसले पार्टी बलियो बनायो र १९१२देखि सुरू भएको क्रान्तिकारी आन्दोलनमा अर्को विद्रोहका लागि यसलाई तयार पार्‍यो ।


बेल्सेविकहरूले जनवरी १९१२मा एउटा वेग्लै पार्टी सम्मेलन गरे र उनीहरूले आफूलाई एउटा वेग्लै पार्टी–रसियन समाजवादी–लोकतान्त्रिक मजदुर पार्टी(बोल्सेविकस–आरएसडिएलपि(बो) को गठन गरे । यो कनफ्रेरेन्समा स्वयम् उनीहरूले क्रान्तिकारी आन्दोलनमा आएको चढावको मूल्यांकन गरे जो १९११मा भएका धेरे सख्याका हडतालहरूलाई लिन सकिन्छ । यो कनफरेन्समा र पछि भएका केन्द्रीय समितिका वैठकहरूमा नयाँ परिस्थितिलाई ध्यानमा राखेर नयाँ कार्यनीतिहरू निर्धारण गरिए । यसमा मजदुरहरूका संघर्षहरूलाई विस्तार गर्दै र तीब्रता दिंदै जाने संलग्न छ ।
यो अवधिभरी कार्यनीतिहरूको एउटा महत्वपूर्ण पक्ष दैनिक पत्रिका, प्राभ्दा(सत्य) को सुरूवात गर्नु थियो, जसले बोल्सेविक संगठनहरूलाई सुदृढिकरण गर्न र जनसमूहका बीचमा उनीहरूको प्रभाव फैलाउन मद्त पुर्‍यायो । त्यो भन्दा पहिले बोल्सेविकहरूको एउटा साप्ताहिक पत्रिका थियो, जो एडभान्स मजदुरहरूका लागि थियो । प्राभ्दाले, यद्धपि, एउटा दैनिक मास पोलिटिकल खबर पत्रिका थियो, मजदुरहरूको व्यापक क्षेत्रहरूमा पुग्ने गरी लक्षित गरिएको थियो । १९१२ मे ५मा सुरू भयो, साडे दुई वर्षसम्म यसले आफूलाई टिकायो । यो अवधिभरी यसले अनेकौ समस्याहरूको सामना गर्नु पर्‍यो र सरकारी सेन्सरहरूका कारण ठूल–ठूला जरिमानाहरू तिर्नु पर्‍यो । यसलाई आठपटकसम्म दवाउने काम गरियो तर प्रत्येक समयमा अलिकति बदलिएको नाममा फेरी पुन: जीवित भयो । यसको चालिस हजार कपीहरूको एउटा औसत वितरण हुन्थ्यो । प्राभ्दा एडभान्स मजदुरहरूको जसमा ५६हजार मजदुरहरूले बोल्सेविक प्रेसका लागि पैसा संकलन गरेका थिए । प्राभ्दामार्फत, बोल्सेविकको प्रभाव केबल मजदुरहरूका बीचमा मात्रै फैलिएन्, बल्की किसानहरूका बीचमा पनि फैलियो । वास्तवमा क्रान्तिकारी आन्दोलनको विकासको चरणभरी (१९१२–१४) एउटा मास बोल्सेविक पार्टीका लागि ठोस जग राखिएको थियो । स्तालिनले भनेझै, “ १९१२को प्राभ्दा १९१७मा बोल्सेविकवादको विजयको सुरूको इटा बसाल्ने काम थियो ।
१९१४मा युद्धको विष्फोट संगै, क्रान्तिकारी परिस्थिति अझ ज्यादा परिपक्व बन्दै गयो । बोल्सेविकहरूले युद्धको विरोधमा र जारशाहीलाई फयाक्नका निम्ति मजदुरहरूका बीचमा लगातार प्रचारप्रसार गरे । सेना र नेभीमा, अग्रभाग र पृष्ठभागमा एकाइहरू र सेलहरू पनि संगठित गरिएका थिए र युद्धका विरूद्ध एउटा लडाइको लागि आव्हान गर्दै पर्चाहरू बितरण गरिए । अग्रभागमा, युद्धमा संलग्न फौजका सिपाइहरूका बीचमा मित्रता र भाइचाराका लागि पार्टीको तीव्र विरोधपछि १९१५ र १९१६मा आक्रमणका लागि आर्मी इकाइहरूको इन्कारीका बढदो घटनाहरू भए । पुँजीपति र जमिन्दाहरूले युद्धको परिणामबाट भाग्य चम्काइरहेका थिए तर मजदुरहरू र किसानहरूले भने बढदो कठिनाइहरूबाट पिडित भएका थिए । लाखौ घाइतेका कारण अथवा युद्धको अवस्थाहरूका कारण उत्पन्न महामारीले गर्दा मरेका थिए । १९१७को जनवरी र फरवरीमा, परिस्थिति सोंचिएभन्दा भयावह बन्यो । जारशाही सरकारका विरूद्ध जनतामा घृणा र रिस फैलियो ।
रसियन साम्राज्यवादी पुँजीपति समेत जारको वारेमा चिन्तीत थिए, जसका सल्लाहकारहरूले जर्मनसित एउटा वेग्लै शान्तिका लागि काम गरिरहेका थिए । तिनीहरूले पनि, ब्रीटिस र फ्रेन्च सरकारहरूको समर्थनमा दरवारीया कूँमार्फत जारलाई बदल्ने योजना बनाएका थिए । यद्धपि जनताले पहलकदमी पहिले नै लिए ।
जनवरी १९१७ बाट मस्को, पेत्रोग्राद, बाकु र अन्य औधोगिक केन्द्रहरूमा एउटा बलियो क्रान्तिकारी हडताल आन्दोलन सुरू भयो । बोल्सेविकहरूले एउटा आम हडतालका पक्षमा ठूला सडक प्रदर्शनहरूको आयोजना गरे । जब हडताल आन्देलनले गति लिंदै गयो, मार्च ८मा अन्तराष्ट्रिय महिला दिवसका दिन, पेत्रोग्रादका श्रमिक महिलाहरूलाई बोल्सेविकहरूले भोकमरी, युद्ध र जारशाहीका विरूद्ध प्रदर्शनमा उत्रिन आव्हान गरे । मजदुरहरूले हडताल गरेर श्रमिक महिलाहरूको समर्थन गरे र मार्च ११ आइपुग्दा नपुग्दै आमहडतालहरू र प्रदर्शनहरूले एउटा शस्त्र विद्रोहको विशेषता ग्रहण गरी सकेका थिए । मार्च ११मा केन्द्रीय समितिको ब्युरोले जारलाई फयाक्नका लागि सशस्त्र विद्रोहको निरन्तरताका निम्ति र एउटा अस्थाई क्रान्तिकारी सरकारको स्थापनाका लागि आव्हान जारी जर्‍यो । मार्च १२मा साठी हजार सैनिकहरू क्रान्तिको पक्षमा सम्मिलित भए, पुलिसहरूसित लडे र जारलाई फयाक्नका लागि मजदुरहरूलाई मद्त गरे । जब यो समाचार फैलियो, मजदुरहरू र सैनिकहरूले जताततै जारका अधिकारीहरूलाई अपदस्त गर्न सुरू गरे । यसरी फरवरीको पुँजीवादी प्रजातान्त्रीक क्रान्तिको विजय भयो । –यसलाई फरवरी भनिन्छ किनभने त्यो समयमा रसियन क्यालेण्डर विश्वको अन्य भागको क्यालेण्डरभन्दा १३ दिन पछि थियो र रसियन क्यालेण्डर अनुसार क्रान्तिको विजय भएको दिन २७ फरवरी थियो ।
जारशाहीलाई फयाके लगत्तै, बोल्सेविकहरूको अगुवाइमा त्यहाँ मजदुरहरू र सैनिकहरूको सोभियतहरूको जन्म भए । यद्धपि जब बोल्सेविकहरूले सडक गल्लीहरूमा जनसमूहहरूको संघर्षको प्रत्यक्ष नेतृत्व गरिरहेका थिए, सम्झौतावाला पार्टिहरू, मेन्सेविकहरू र समाजवादी क्रान्तिकारीहरू( एउटा निम्न–पुँजीपति वर्गीय पार्टी जो पहिलेको नरोदनिकहरूको निरन्तरता थियो ) सोभियतहरूमा सिटहरू खोसिरहेका थिए र त्यहाँ बहुमत बनाउँदै थिए । यसरी तिनीहरूले पेत्रोग्राद, मस्को र अन्य शहरहरूमा घेरै संख्यामा सोभियतहरूको नेतृत्व गरे । सोही समयमा डुमाका उदारवादी पुँजीवादी सदस्यहरूले मेन्सेविकहरू र समाजवादी क्रान्तिकारीहरूसित पछिल्लो ढोकाबाट सम्झौता गरेका थिए र एउटा प्रान्तीय सरकार गठन गरे । त्यसको परिणाम दुई अधिनायकत्वहरू प्रतिनिधित्व गर्ने दुई संस्थाहरूको गठन थियो : प्रान्तीय सरकारले प्रतिनिधत्व गरेको पुँजीपति अधिनायकत्व, र मजदुरहरू र सैनिकहरूका डेपुटिजहरूको सोभियतहरूले प्रतिनिधित्व गरेको सर्वहारा र किसानको अधिनायकत्व । लेनिनले यसलाई दोहोरो सत्ता भन्नु भएको थियो ।
पुँजीवादी क्रान्तिको पछि लगत्तै लेनिनले, यद्धपि उहाँ अझै स्विट्जरलैण्डमा हुनुहुन्थ्यो, अखवारबाट उहाँको प्रशिद्ध चिठीहरू लेख्नु भयो जसमा उहाँले यो दोहोरो सत्ताको विश्लेषण गर्नु भएको थियो । उहाँले देखाउनु भएको कि कसरी सोभियतहरू मजदुरको सरकारको भ्रुण थियो, जसले अगाडि बढनु थियो र क्रान्तिको दोस्रो चरण– समाजवादी क्रान्तिमा विजय प्राप्त गर्नु थियो । यसमा उनीहरूको मित्रहरू विशाल अर्ध–सर्वहारा र साना किसान जनसमूहहरू र सबै देशहरूका सर्वहाराहरू हुने छन् ।
१९१७को १६ अप्रिलमा लेनिन एउटा लामो अवधिको प्रवासको वसाइपछि पेत्रोग्रादमा पुग्नु भयो र त्यसको लगत्तै अर्को दिन उहाँले बोल्सेविकहरूको वैठकमा उहाँको प्रशिद्ध ‘अप्रिल थेसिस’ प्रस्तुत गर्नु भयो । उहाँले प्रान्तीय सरकारको विरोधका लागि र सोभियतहरूमा एउटा बोल्सेविक बहुमतका लागि काम गर्न र सोभियतहरूलाई राज्य सत्ता हस्तान्तरण गर्न आव्हान गर्नु भयो । उहाँले शान्ति, जमिन र रोटी सुनिस्तिताका लागि कार्यक्रमहरू प्रस्तुत गर्नु भयो । अन्त्यमा, उहाँले एउटा नयाँ पार्टी नाम सहित कम्युनिष्ट पार्टी र एउटा नयाँ अन्तराष्ट्रिय, तेस्रो अन्तराष्ट्रियका लागि नयाँ पार्टी कंग्रेसका निम्ति आव्हान गर्नु भयो । मेन्सेविकहरूले तुरून्तै लेनिनको थेसिसमाथि आक्रमण गरे र ‘क्रान्ति खतरामा छ’ भनेर एउटा चेतावनी दिए । तै पनि तीन हप्ताहरूका बीचमा, बोल्सेविक पार्टीको पहिलो पटक खुला रूपले आयोजित अखिल–रसिया कन्फरेन्स(सातौ कन्फरेन्स)ले उहि थेसिसमा आधारित लेनिनको प्रतिवेदनलाई स्विकृत गर्‍यो । यसले ‘सबै सत्ता सोवियतलाई’ भन्ने नारा दियो । यसले स्तानिले पेश गरेको आत्म निर्णय(छुट्टिनेसहित) को अधिकारलाई राष्ट्रहरूको अधिकार घोषण गर्दै एउटा अति नै महत्वपूर्ण प्रस्ताव पनि पास गर्‍यो ।
त्यसपछिका महिनाहरूमा बोल्सेविकहरूले कन्फरेन्सले लिएको लाइन अनुसार उनीहरूले लिएको पोजिसनको सहिपनाको बारेमा मजदुरहरू, सैनिकहरू र किसानहरूको मासहरूलाई कन्भीन्स गर्दै उत्साहपूर्वक काम गरे । दशवर्षको ग्यापपछि अगस्त १९१७मा छैटौ पार्टी कंग्रेस आयोजना गरियो । प्रन्तीय सरकारबाट आक्रमणको खतराले गर्दा कंग्रेस पेत्रोग्रादमा गोप्य रूपमा लेनिनको उपस्थिति विना आयोजना गर्नु पर्‍यो । स्तालिनले प्रमुख राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भयो, जसले सशस्त्र विद्रोहका लागि तयारीका निम्ति आव्हान गरेको थियो । कंग्रेसले नयाँ पार्टी नियमावलीहरू पनि स्विकृत गरेको थियो, जसले सबै पार्टी संगठनहरू जनवादी केन्द्रीयताको सिद्धान्तमा निर्माण गरिने छ भनेर भनेको थियो । यसले पार्टीभित्र ट्रट्स्कीले नेतृत्व गरेको समूहलाई पनि समावेश गर्‍यो ।
कंग्रेसको लगत्तै पछि रसियन फौजका प्रधान सेनापति जनरल कोर्नीलोभले बोल्सेविक र सोवियतहरूलाई कुल्चन फौजको एउटा विद्रोह संगठित गर्‍यो । यद्धपि घेरै डिभिजनका सैनिकहरू उसको आदेश नमान्नका लागि बोल्सेविकद्धारा कनभीन्स गराइएका थिए र विद्रोह असफल भयो । यो विद्रोहको असफलतापछि जनसमूहहरूले महसुश गरेकी बोल्सेविकहरू र सोवियतहरू मात्रै शान्ति, जमिन र रोटी प्राप्तीका लागि सुनिस्चित थिए, जो उनीहरूको अति आवश्यक मागहरू थिए । सोवियतहरूको द्रुत बोल्सेविकिकरण भयो, क्रान्तिको ज्वार उठदै थियो, र पार्टीले सशस्त्र विद्रोहका लागि तयारी सुरू गर्‍यो ।
यो अवधिमा, लेनिन, सुरक्षा कारणहरूले गर्दा फिन्लैण्डमा रोकिन वाध्य पारिनु भयो, जो युद्धको मुख्य क्षेत्रबाट टाडा थियो । यो अवधिभर उहाले अर्को किताब ‘राज्य र क्रान्ति’ पुरा गर्नु भयो , जसले राज्यको प्रश्नमा माक्र्स र ऐगेल्सका शिकाइहरूलाई रक्षा र विकास गर्‍यो । जव विशेषगरी काउटस्कीजस्ता अवसरवादीहरूद्धारा यो प्रश्नमाथि गरिएका भ्रष्टीकरणहरुलाई भण्डाफोर गर्दै लेनिनको काम अनि अन्तराष्ट्रिय स्तरमा सैद्धान्तिक र व्यवहारिक रूपले अति नै महत्वपूर्ण थियो । यो यसकारणले पनि महत्वपूर्ण थियो किनभने लेनिनले आफै त्यो समयमा स्पष्टसित देख्नु भएको थियो कि रसियन पुँजीवादी फरवरी क्रान्ति प्रथम विश्व युद्धद्धारा उत्पन्न समाजवादी सर्वहारा क्रान्तिको एउटा चेनमा जोडिएको थियो । सर्वहारा क्रान्ति र राज्यबीचको सम्वन्धको प्रश्न लामो समयसम्म केबल एउटा सैद्धान्तिक प्रश्न मात्रै थिएन् । युद्धले गर्दा निर्माण भएको क्रान्तिकारी परिस्थितिका कारणले यो अब तुरून्तै व्यवहारिक महत्वको एउटा प्रश्न थियो र यो अन्तराष्ट्रिय सर्वहारा आन्दोलनका लागि आवश्यक थियो र यसलाई सही रूपले बुझ्नलाई जनसमूहलाई शिक्षित गरिनु जरुरी पर्दछ ।
जब क्रान्तिकारी ज्वार उठयो अक्टोवर २०, १९१७मा लेनिन फेरी पेत्रोग्रादमा उत्रिनुु भयो । उहाँको आगमनको तीनदिन भित्र एउटा ऐतिहासिक केन्द्रीय समिति वैठकले केही दिनभित्रै सशस्त्र विद्रोहको सुरूवात गर्ने निर्णय गर्‍यो । त्यसको तुरून्तै प्रतिनिधिहरूलाई देशका विभिन्न भागहरूमा पठाइयो र खासगरी सैनिक इकाइहरूलाई । विद्रोहका निम्ति योजनाको जानकारी भएपछि, प्रान्तीय सरकारले नोभेम्वर ६ १९१७, जुन दिन सोवियतहरूको दोस्रो अखिल रसिया कंग्रेसको आयोजना भइरहेको मौकामा बोल्सेविकहरूमाथि आक्रमण सुरू गर्‍यो । लाल रक्षकहरू र फौजका क्रान्तिकारी इकाइहरूले प्रतिकार गरे र नोभेम्वर ७, १९१७ आई पुग्दा राज्य सत्ता सोवियतहरूको हातमा गइसकेको थियो ।
लगत्तै अर्को दिन सोवियतहरूको कंग्रेसले शान्ति बारे अध्यादेश र जमिन अध्यादेश पास गर्‍यो । यसले पहिलो सोवियत सरकार–जन कमिसारहरूको परिषद गठन गर्‍यो जसको लेनिन प्रथम अध्यक्षमा निर्वाचित गरिनु भयो । यसरी महान अक्टोवर समाजवादी क्रान्तिले विश्वमा प्रथम सर्वहाराको अधिनायकत्व स्थापित गर्‍यो ।
यो तैपनि मजदुरहरूको सत्तालाई एकत्रित गरिनु भन्दा पहिले एउटा लामो लडाई थियो । प्रथमत: जर्मनसितको लडाइको अन्त्य हुनु पर्दथ्यो । यो अन्त्यमा १९१८ को फरवरीमा ब्रेष्ट–लिटोभ्स्क सन्धीमा हस्ताक्षर गरेर गरियो । यसले पनि यद्धपि एउटा दृघकालिन शान्ति ल्याउन सकेन् । जतिसक्दो छिटो प्रथम विश्व युद्ध अन्त्य भयो, ब्रीटेन, फ्रान्स, जापान र अमेरिकाको विजयी साम्राज्यवादी शक्तिहरूले प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेप सुरू गरे र रसियाको पुरानो शासक वर्गहरूलाई सोयित राज्यका विरूद्ध एउटा गृह युद्ध सञ्चालन गर्नका लागि मद्त गर्न सुरू गरे । यो गृह युद्ध १९१८को अन्त्यमा टुंगियो । सोवियत राज्य विजयपूर्वक उदायो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर