नवलपरासी – पश्चिम नवलपरासीका थारु अगुवा मेखराज चौधरी नेकपा (क्रान्तिकारी माओवादी)मा समाहित हुनुभएको छ ।
ओमप्रकाश नामले परिचित उहाँले शुक्रवार एक प्रेस बिज्ञप्ति जारी गर्दै माओवादी केन्द्र संसदीय भासमा पुगेकाले पार्टी परित्याग गरेर क्रान्तिकारी माओवादीमा समाहित भएको जनाउनुभएको छ ।
बि.सं २०५४ साल देखि माओवादी जनयुद्धका सक्रिय उहाँले अहिलेको अवस्थामा नागरिकता बिद्येयक जस्तो राष्ट्रघाती बिद्येयकमा समेत माओवादी केन्द्रले अडान राखेकोले उक्त पार्टीबाट उत्पिडित वर्ग तथा जाति र समुदायको हित नहुने भएकाले क्रान्तिकारी माओवादीमा समाहित भएको बताउनुभयो ।