नवलपरासी – अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाले प्रथम राष्ट्रिय सम्मेलन पश्चिम नवलपरासीको बर्दघाटमा हुने भएको छ ।
मोर्चाका केन्द्रीय संयोजक कमल चौधरीका अनुसार असोज ७ र ८ गते मोर्चाको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन हुने भएको हो ।
जातीय क्षेत्रीय स्वशासन र आत्मनिर्णयको अधिकारको आधारमा संघीय जनगणतन्त्रको लागि संर्घष गर्दै आएको मोर्चाले देशका १८ जिल्लाको प्रतिनिधि पर्यबेक्षक सहित राष्ट्रिय सम्मेलनको तयारी गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
मोर्चाका सम्मेलन आयोजक समितिका सदस्य तथा अखिल नेपाल आदिवासी जनजाति महासंघ पश्चिम नवलपरासीका अध्यक्ष दुर्गा नारायण थारुले राष्ट्रिय सम्मेलनलाई सफल बनाउन जनभेटघाट तथा आर्थिक तयारी समेत भइरहेको बताउनुभयो । सो तयारीकै क्रममा मोर्चाको जिल्ला भेला समेत गरिने उहाँले जानकारी दिनुभयो ।