भदौ २७ तनहु ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तनहु जिल्लाको आयोजनामा तनहुँको भिमाद बजार लखन चोकमा निर्वाचन बहिष्कार सभा सप्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको गत बैठकले यही मंसीर ४ गते गरिने प्रदेश र संघको दुवै नीर्वाचन सक्रिय बहिष्कार गर्ने निर्णय गरे अनुसार नेकपा(क्रान्तिकारी माओवादी) तनहु जिल्लाव्दारा निर्वाचन बहिष्कार सभा सप्पन्न गरिएको छ ।
उक्त सभालाई प्रमुख पार्टी पिबिएम तथा क्रान्तिकारी युवा लिग आर वाइ एल का फ्र्याक्सन इन्चार्ज अटल, पिबिएम तथा प्रदेश न. ४ का इन्चार्ज अनुकुल ४ नं.प्रदेश सेक्रेटरी किसोर, क्रान्तिकारी युवा लिग (च्थ्ी) महासचिव ज्ञानु खतिवडा , क्रान्तिकारी युवा लिग केन्द्रिय सचीव तिलक अधिकारी पार्टीका केन्द्रिय सदस्य साथै तनहु जिल्ला इन्चार्ज बाबुराम सुवेदीले सम्वोधन गर्नु भएको थियो । रबिको अध्यक्षतामा र नारायण लम्सालको संचालनमा उक्त बहिष्कार सभा सम्पन्न भएको थियो