भदौ २९ चितवन
नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) चितवनले यही भाद्र २९ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनको चितवन जिल्ला संयोजक विकास रसाईलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, विशेष अतिथि केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी बाबुराम प्यासी, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय सदस्य प्रेम प्रसाद कडेल, अखिल क्रान्तिकारीका अमित सापकोटा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल लगायतलले मन्तव्य व्यक्त गरेका थिए ।
४१ जना प्रतिस्पर्धी विद्यार्थी सहभागी कार्यक्रममा मिना घती मोहन मा. वि. प्रथर्म , अविरभ आचार्य नारायणी नमुना मा. वि.का द्वितीय, सुजिता भुजेल भानु माविका तृतीय, प्रोत्साहन सप्तगण्डकी बहुमुखी क्याम्पसका अर्जुन अर्यालले प्राप्त गरे। उक्त कार्यक्रमको निर्णायक मण्डलमा उपप्राध्यापक भूपिन खड्का, प्रभा मरहठ्ठा र गंगा भट्टराई थिए ।