काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)को काठमाडौं जिल्ला समितिले विजय स्मारक माविका भ्रष्ट प्रअलाई कालोमोसो दलेर कारबाही गरेको छ । नगर शिक्षा शाखा, जिल्ला शिक्षा समन्वय इकाई लगायतका सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा पनि सुनुवाई नभएकाले विजय स्मारक माविकका प्रअ डिल्ली शर्मा कालोमोसो दलिएको अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष महेन्द्र वलीले एक प्रेस वक्तव्य जारी गरी जानकारी दिएका छन् ।

विद्यार्थीसँग जथाभावी शुल्क असुली गर्ने, विद्यार्थीहरुलाई शारीरिक तथा मानसिक यातना दिने, प्रअको जिम्मेवारीलाई कलंकित पार्ने गरी विद्यायलयलाई राजनीतिकरण गरिएको, कमिसनको लोभमा गुणस्तरहीन अखाद्य पोषण आहार खुवाएको, ल्याबका सामग्री खरिदमा व्यापक अनियमतिा गर्ने गरेको लगायतका कारण प्रअलाई सांकेतिक रुपमा कालोमोसो दलिएको वक्तव्यमा अध्यक्ष ओलीले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर