रवि पाण्डेय
लुम्बिनी – रुपन्देहीस्थित लुम्बिनी क्षेत्रको लंकापुरमा नागरिकता बिधेयक खारेजी अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को संयोजन र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र नेपाल कम्युनिष्ट पार्टी (मसाल)बिशेष महाधिबेशन आयोजक कमिटी लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै नेकपा (मसाल) बिशेष महाधिबेशन आयोजक कमिटीका संयोजक सन्त बहादुर नेपालीले राष्ट्रघाती नागकिता बिधेयक प्रमाणिकरण भए देशको अस्तित्व छिटै समाप्त हुने धारणा व्यक्त गर्नुभयो ।
प्रस्तुत बिधेयकमा जन्मसिद्ध नागरिकता पाएकाका सन्तानले बंशजको नागरिकता पाउने र नेपालीसंग बिबाह भई आउने महिलाले पनि अर्को दिन नागरिकता पाउने प्रावधानले देश सिक्किमीकरणको दिशामा जाने उहाँको भनाई थियो ।
कार्यक्रमका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज के.बी गुरुङले वास्तविक नेपाली नागरिकले नागरिकता पाउनुपर्ने कुरामा आफुहरुको आपत्ति नभएको स्पष्ट पार्नुभयो । उहाँले विदेशी नागरिकलाई समेत नेपाली नागरिकता दिने मनसायले विधेयक ल्याइएकोले विरोध गर्नुपरेको बताउनुभयो ।
नेपाल विविधता भित्र पनि विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै विविधता भित्र एकता कायम गर्नुपर्नेमा विविधताको आधारमा विभेद गर्ने गरेका कारण समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।
तत्कालिन समयमा पृथ्वी नारायाण शाहले भुगोलको आधारमा राज्य एकिकरण गरेपनि बिभिन्न भुगोलमा बसेका समुदायको भाषा, कला र सांस्कृतिक रुपमा एकता नगरेकै कारण आहिलेको पुस्ताले राज्य र समुदायबाटै बिभेद खेप्न परेको उहाँले धारणा राख्नुभयो ।
विविधतामा एकता कायमगरी हरेक नागरिकमा राष्ट्रिय स्वाधिनताको भावनाको बिकास गर्नु पर्नेमा शासक दलहरुले जनसांख्यिक राजनीति गर्दै आएका कारण देशमा सधैभरी नागरिकता सम्बन्धी समस्या आइरहेको उहाँको भनाई थियो ।
नेकपा (बहुमत) केन्द्रिय सचिवालय सदस्य शरद रसाइलीले नेपाललाई फिजीकरण र सिक्किमीकरण गर्ने भारतीय योजना अनुसार नागरिकता विधेयक ल्याइएको भन्दै विधेयक राष्ट्रघाती भएको बताउनुभयो ।
बिवाह गरी आएको अर्को दिन नागकिता दिने प्रावधान बिश्वको कुनै पनि देशमा नभएको भन्दै उनले नेपालमा त्यसरी नागकिता वितरण गर्दा देश फिजिकरण र सिक्किमीकरण तर्फ डोरिदै गइरहेको उहाँले बताउनुभयो । उहाँले पुस्तौ देखि तराइमा बस्दै आएका हरेक तराईवासी नेपालीले नागरिकता पाउनु पर्ने तर भारतबाट आएका गैर नेपालीलाई नागकिता दिन नहुने धारणा राख्नुभयो ।
अखिल नेपाल थारु राष्ट्रिय मुक्ती मोर्चाका केन्दीय संयोजक कमल चौधरीले नागरिकता बिधेयक तराइमामा भुमिपुत्रको रुपमा रहेर देशको सिमा बचाउदै आएका कुनै पनि तराईवासी जनताको हितमा नरहेको भन्दै नागकिता बिधेयक खारेज हुनुपर्ने बिचार व्यक्त गर्नुभयो ।
उत्पिडित वर्गका तराईवासी जनताको उत्थान र हितका लागि भन्दा पनि सत्ता स्वार्थ पुर्ति गर्न नागरिकता बिधेयक ल्याइएको भन्दै उहाँले राष्ट्रपतिले कुनै पनि हालतमा विधेयक प्रमाणीकरण गर्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी समाजवादी)का उपाध्यक्ष विनोद उपाध्यायले तराई मधेसमा नागरिकता सम्बन्धि समस्या जटिल रुपमा रहेको भन्दै वास्तविक नेपाली नागरिकलाई नागरिकता दिने कुरामा कसैले आपत्ति जनाउन नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा अध्यक्ष समेत रहेका नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार तथा रुपन्देही इन्चार्ज क्षेत्र बहादुर थापाले राष्ट्रियता जनतन्त्र र जनजिविकाको सवालमा संयुक्त संर्घष आवश्यक रहेकोमा जोड दिदै कार्यक्रममा उपस्थित भएकाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वाधिनताका लागि नगारिक मञ्चका संयोजक पदम कार्की, जनमत पार्टीका विनोद कुमार पासवान, स्थानीय समाजसेवी बावुलाल यादव, सञ्जय गुप्ता, नेकपा (बहुमत) सम्बद्ध आखिल क्रान्तीकारी रुपन्देहीका संयोजक पारस राहादी मगर लगायतले राष्ट्रघाती नागरिकता बिधेयक खारेजी सम्बन्धी नेकपा (मसाल) बिशेष महाधिबेशन आयोजक कमिटीका संयोजक सन्त बहादुर नेपालीद्वारा प्रस्तुत अवधारणा पत्र माथि टिप्पणी गर्नुभएको थियो । नेकपा (मसाल) बिशेष महाधिवेशन आयोजक समिति रुपन्देहीका इन्चार्ज बावुराम आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।