विर्तामोड नगरपालिकाले श्रमजीवी व्यापारीहरुलाई प्रतिबन्ध लगाएको घटना प्रति अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको आपत्ति

विर्तामोड नगरपालिकाले श्रमजीवी व्यापारीहरुलाई प्रतिबन्ध लगाएको घटना प्रति अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको आपत्ति

१ भदौ झापा,विर्तामोड ।
विर्तामोड बजार सडक आसपासमा आफ्नो सानोतिनो व्यवसाय गरेर जीवीकोपार्जन गर्दै आएका श्रमजीवी व्यापारीहरुलाई विर्तामोड नगरपालिकाले लगाएको प्रतिबन्ध प्रति अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियान महासंघले आपत्ति जनाएको छ ।
बजारका आसपासमा बसेर सामान्य सामान किनबेच गरी परिवारको गुजारा चलाउँदै आएका श्रमिक व्यवसायलाई श्रम गर्ने वैकल्पिक व्यवस्था नगरी जिविकोपार्जन गर्ने व्यवसायमा प्रतिबन्ध लगाउनु न्यूनतम जिम्मेवारी समेत पुरा नगरी विर्तामोड नगरपालिकाले गैह्रजिम्मेवारी व्यवहारको प्रस्तुती गरेको प्रति आपत्ति जनाउदै टे«ड युनियान महासंघले विज्ञप्ति जारी गरेको हो ।
आखिल नेपाल क्रान्तिकारी टे«ड युनियान महासंघ झापाका जिल्ला अध्यक्ष टंक भट्टराईद्वारा जारी विज्ञप्तिमा वैकल्पिक ठाउँको व्यवस्थापन गरी विर्तामोड बजारलाई व्यवस्थित गर्न माग गर्दै आन्दोलित श्रमजीवी व्यवसायीहरुलाई लठ्ठी चार्ज तथा गिरफ्तार गरेको घटना प्रति भत्सना गरिएको छ ।
जारी विज्ञप्तिमा श्रमजीवी व्यवसायिहरुलाई तत्काल रिहाई तथा घाइतेहरुलाई सिघ्र तथा निशुल्क उपचारको माग गरिएको छ । यसरी नै विज्ञप्तिमा श्रमिक व्यवसायिहरुको लागि वैकल्पिक ठाउँको उचित व्यवस्थापन गर्न सम्बन्धीत नेपाल सरकारका निकायसँग जोडदार माग गर्दै अन्याथा भए उत्पन्न परिस्थितीको जिम्मेवार सम्बधिन्त सरकारका निकाय नै हुनुुपर्ने चेतावनी दिइएको छ ।
नगरपालिकाले प्रतिबन्ध लगाएपछि श्रमजीवी व्यवसायिलाई हटाउन खोज्दा प्रहरीसँग झडप समेत भएको थियो । झडपामा सडक छेउमा आफ्नो सामान्य व्यावसाय चलाएर आफ्नो परिवारको जीवीकोपार्जन गर्दै आउनु भएकी गिता दास घाइते हुनु भएको छ ।
प्रहरीले श्रमजीवी व्यवसायी बिनोद पाश्वान , चिनियाँ दास ,राजेश कुमार चौधरी र मिरा दासलाई पक्राउ गरेको अखिल नेपाल क्रान्तिकारी टे«ड यूनीयनका महासंघका प्रदेश १ अध्यक्ष बालकृष्ण बुढाथोकिले बताउनु भयो । उहाँले नगरपालिकाको अत्याचार विरुद्ध क्रान्तिकारीकारी टे«ड युनियान उभिएको भन्दै श्रमजीवी व्यवसायिहरुको अधिकारको लागि क्रान्तिकारी टे«ड युनियान महासंघ लागि पर्ने विश्वास दिलाउनु भयो ।

प्रेस वक्तव्य तल दिइएकोछ :