
अप्सरा बानीयाँ निरौला
साउन ३१ बुढिगंगा, मोरङ ।
नेकपा(क्रान्तिकारी माओवादी) समर्थक मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघको इकाई कमिटि पुनर्गठन गरिएको छ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन अन्तर्गतको इकाई कमिटि ‘अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघ’ मोरङको बुढिगंगा गाउँपालिकामा रहेको स्वस्तिक जुट मिलमा इकाई कमिटि पुनर्गठन गरिएको हो ।
मंगलबार भेला भएका इकाई कमिटिका मजदुरहरुले गंगा विश्वकर्माको नेतृत्वमा ११ सदस्य इकाई कमिटि गठन गरेका हुन् । भेलाले अध्यक्षमा गंगा विश्वकर्मा , उपाध्यक्षमा चन्द्रदिप शाह , सचिवमा राम नारायण शाह , कोषध्यक्षमा देव मन्दन राजवंशीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा बुद्धि लाल चौधरी, श्यामकुमार माझी,अरुण पौदार,सुकरत ऋषिदेव , गणेश कार्की र ओम प्रसाद माझी रहनु भएको छ ।
भेलाबाट अध्यक्षमा चयन भएका विश्वकर्माले मजदुरहरुको अधिकारका लागि आफु सधै तयार रहने बताउनु भयो । सो भेलाका प्रमुख अतिथी नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विमल निरौलाले मजदुरहरुको अधिकार स्थापित गराउन क्रान्तिकारी माओवादी तयार रहेको बताउनु भयो ।उहाँले मजदुरहरुले पनि मालिकले जस्तै सेवा सुविधा पाउनु पर्ने भनाई राख्नु भयो । मजदुरहरुको हकहित संघिय जनवादी गणतान्त्रिक व्यवस्थाले मात्रै गर्ने भएकाले सम्पुर्ण मजदुरहरुले जनवादी व्यवस्थाका लागि संघर्ष गर्न तयार हुनु आग्रह गर्नु भयो ।
कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन प्रदेश नम्बर १ का अध्यक्ष विष्णु चौधरीले श्रम ऐनमा भएका अधिकारहरु प्राप्त गर्नका लागि पनि मजदुरहरु ंगठित हुन जरुरी रहेको भन्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुरहेको पक्षमा काम गर्ने भनाई राख्नु भयो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश सदस्य तथा विराटनगरका सेक्रेटरी गणेश निरौलाले मजदुरहरुले श्रम गरेपछि सहजै बाँच्न पाउने वातावरण तयार गर्नका लागि पनि संगठित हुन जरुरी रहेको भनाई राख्नु भयो । भेलामा पार्टीका प्रदेश सदस्य तथा क्रान्तिकारी युवा लिगका मोरङ जिल्ला अध्यक्ष देव मुण्डाले मालिकहरुलाई मजदुरको हित सोच्न बाध्य गराउनु पर्ने र त्यसमा लागि मजदुरहरु संगठित भएर दवावमा उत्रिनु पर्ने भनाई राखे । सोहि कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका मोरङ जिल्ला सह–इन्चार्ज हृदय नारायण शाहले मजदुरहरुले आफ्नो अधिकार पाउनका लागि कडा आन्दोलन गर्नु पर्ने भनाई राख्नु भयो ।