शब्द बिम्बमा रवि किरण कृतिमाथि विमर्श

शब्द बिम्बमा रवि किरण कृतिमाथि विमर्श

चितवन, साउन -२१/
अखिल नेपाल जन सांस्कृतिक महासंघ चितवनको आयोजनामा शनिवार भरतपुरमा शब्द बिम्बमा रवि किरण माथि विमर्श कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रा उदय अधिकारी, प्रा डा एकनारायण पौडेल प्रा डा होमनाथ सापकोटा र प्रा डा ताराकान्त पाण्डेले कृतिको बिबेचनाका साथै श्रष्टा रवि किरण बारे चर्चा गर्नु भयो । १०२ श्रष्टाहरुले रवि किरण बारे विभिन्न कोणबाट लघु समीक्षा गरेका सो कृतिको बिशेषता र रवि किरणको जिवनको पाटो उजागर गरिएको छ ।                       
महासंघ चितवनका उपाध्यक्ष बाबुराम पाण्डेको सभपतित्वमा सन्चालित सो कार्यक्रमको सन्चालन ग्रन्थ नायक स्वयम् रवि किरण निर्जीबले गर्नु भएको थियो । कार्यक्रममा महासंघका केन्दृय सचिव माेदनाथ मरहट्टा तथा साहित्यकार सशिकिरण रेग्मिले मन्तब्य राखेका थिए । कृतिमा चितवनका ५५ जना लेखकले रबिको मुल्याङ्कन गरेका थिए भने सो कार्यक्रममा अधिकाङ्स लेखकहरुको उपस्थिति रहेको थियो ।