तत्कालीन नेकपाका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा खारेज गर्न र बन्दीहरुलाई तत्काल रिहाइ गर्न ६ वाम घटककाे माग

तत्कालीन नेकपाका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा खारेज गर्न र बन्दीहरुलाई तत्काल रिहाइ गर्न ६ वाम घटककाे माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सी.पी. गजुरेल, ने.क.पा.(बहुमत)का संयोजक कञ्चन, ने.क.पा.(मसाल) राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पाल र संयुक्त क्रान्तिकारी मोर्चा, नेपाल प्रतिनिधि नारायण शर्माकाे संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा तत्कालीन नेकपाका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा खारेज गर्न र बन्दीहरुलाई तत्काल रिहाइ गर्न जाेडदार माग गरेका छन् ।
यही साउन १६ गतेका दिन ललितपुर जिल्ला अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र सरकारका बीचमा भएको ३ बुँदे सहमतिलाई उल्लङ्घन गर्दै उक्त पार्टीका नेता र कार्यकर्ताहरुका विरुद्ध पक्राउ पुर्जी जारी गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै वक्तव्यमा भनिएकाे छ, ” सहमतिका बुँदाहरुलाई कार्यान्वयन गर्न सरकारले खासै चासो देखाएको छैन । सरकारको यस्तो क्रियाकलापबाट सरकार झनै फाँसीवादी बन्दै गएको प्रतित हुन्छ । सरकारले तत्कालै उक्त ३ बुँदे सहमति कार्यान्वयन गर्न, सबै नेता÷कार्यकर्तामाथि लगाइएका सबै मुद्दा खारेज गर्न र बन्दीहरुलाई तत्काल रिहाइ गर्न तपसिलका ५ पार्टी र १ मोर्चा जोडदार माग गर्दछौं ।”