काठमाडौं । देउवा सरकारले सदनमा प्रस्तुत गरेको राष्ट्रघाती नागरिकता विधेयक दुवै सदनले विषयगत सघन छलफलबिना नै रातारात पास गरेपछि देशभक्त क्रान्तिकारीहरु निरन्तर रुपमा त्यो नागरिकता विधेयक खारेजीको माग गर्दै निरन्तर रुपमा आन्दोलित छन् ।
नेकपा ९क्रान्तिकारी माओवादी०सहित पाँच वाम घटकले राष्ट्रघाती विधेयकका विरुद्ध देशव्यापी संघर्ष सञ्चालन गरिरहेका छन् । मंगलबार राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउँदै राष्ट्रघाती विधेयक प्रमाणीकरण नगरी संसदमा नै फिर्ता पठाउन आग्रह गरेका पाँच वाम घटकले आज ९शुक्रबार० विज्ञहरुसँग अन्तक्र्रिया गर्दै छन् ।
नेकपा ९क्रान्तिकारी माओवादी०को हेडक्वार्टरले दिएको जानकारी अनुसार आज बागबजारस्थित पद्मकन्या क्याम्पसको हलमा दिनको १२ ः ३० बजे अन्तक्र्रिया कार्यक्रम राखिएको छ । कार्यक्रममा विज्ञहरु युवराज संग्रौला, हिरण्यलाल श्रेष्ठ, राजेश अहिराज, सुरेन्द्र भण्डारी, एचके तिमिल्सिनालाई निम्त्याइएको छ । कार्यक्रममा आयोजकको तर्फबाट शीर्ष नेतृत्वहरुको समेत उपस्थिति रहने छ ।
कार्यक्रमको आयोजक पार्टीहरुमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) केन्द्रीय समन्वय समिति, नेकपा, संयुक्त क्रान्तिकारी मोर्चा, नेपाल रहेका छन् । पूर्वघोषित कार्यक्रम अनुसार आजको अन्तक्र्रियापछि २६ साउनमा सातवटै प्रदेश र सम्भव भएसम्म स्थानीय तहसम्म विरोधसभाको कार्यक्रमको आयोजना गरिएको छ ।